एजेन्सी । घरेलु मैदानमा सम्पन्न कोपा अमेरिका अघिको मैत्रिपूर्ण खेलमा चोट बोकेका फरवार्ड नेयमार चोट मुक्त भएका छन् ।
नेयमारका डाक्टर रोड्रिगो लास्मारले उनि एङ्कलको चोटबाट मुक्त भईसकेको र मैदानमा उत्रन सक्ने भएको बताएका छन् ।
पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्ट्राइकर नेयमारले कोपा अघि कतारसँग भएको मैत्रीपूर्णमा चोट बोकेका थिए । जसको कारण नेयमारले कोपा गुमाएका थिए । तर, ब्राजिलले कोपाको उपाधि घरमै राखेको थियो ।
'यदि नेयमार क्लबमा छ भने उनले पूर्ण रुपमा अभ्यास गर्न सक्नेछन् । चोट मुक्त हुने समय ४ हप्ता हो । चोट ठिक हुने समय सकियो,' डाक्टर रोड्रिगोले भने, 'नेयमार पूर्ण रुपमा ठिक रहेका छन् ।'
तर, पीएसजीले सोमबारबाट सुरु गरेको प्रि–सिजनको अभ्यासमा नेयमार अनुपस्थित रहेका थिए । जसको कारण क्लबले उनलाई कारबाही गर्ने समेत बताएको छ ।
यस्तै डाक्टर रोड्रिगोले नेयमारले अन्तिम पटक ब्राजिलले सेमिफाइनलमा अर्जेन्टिनालाई हराएको दिन उपचार गरेको बताए ।
नेयमार बार्सिलोनाबाट सन् २०१७ मा कीर्तिमानी मूल्य २ सय २२ मिलियन युरोमा पीएसजीमा अनुबन्ध भएका थिए । तर पछिल्लो समय पीएसजीसँग खटपट भएका कारण नेयमार बार्सिलोना फर्किने हल्ला चलिरहेको छ ।