भारतको सेमिफाइनलको सम्भावना मजबुत
शुक्रबार, बैशाख २६, २०८२खेलपाटी संवाददाता

काठमाडौं। ड्यानी मेइतेईको ह्याट्रिकसँगै भारतले साफ यु–१९ च्याम्पियनसिपमा सेमिफाइनलको सम्भावना मजबुत बनाएको छ।
गोल्डेन जुबली रंगशाला शुक्रबार सम्पन्न समूह बी को पहिलो खेलमा भारतले श्रीलंकाविरुद्ध ८–० को फराकिलो जित दर्ता गरेको हो। जितसँगै भारतले तीन अंक बटुलेको छ। अब भारतले समूह चरणको अन्तिम खेल मे १३ मा नेपालसँग खेल्नेछ। श्रीलंकाले भने आइतबार नेपालसँग अन्तिम खेल खेल्नेछ।
भारतलाई जित मेइतेईबाहेक प्रसन जाजोले दुई गोल गरे। मोहम्मद अर्बास, ओमंग डोडम र सिंगामायुम शामीले समान एक गोल थपे।