काठमाडौं। दुई गोलको अग्रता जोगाउन नसक्दा बंगलादेशले साफ यु-१९ च्याम्पियनसिपमा खराब सुरूआत गरेको छ।
शुक्रबार सम्पन्न समूह ए को पहिलो खेलमा बंगलादेशले माल्दिभ्ससँग २-२ गोलको बराबरी खेलेको हो। योसँगै दुवै टोलीले अंक बाँडेका छन्।
खेलको १३औं मिनेटमै नजमुल हुडाको गोलमार्फत बंगलादेशलाई सुरूआती अग्रता दिलाएका थिए।
पहिलो हाफको अन्त्यमा रिफात जाजीले अर्को गोल गर्दै अग्रता २-० मा पुर्याए। तर, बंगलादेशले उक्त आरामदायी अग्रता जोगाउन सकेन।
५७औं मिनेटमा अनुफ अब्दुल्लाको गोलसँगै माल्दिभ्सले खेलमा पुनरागमन गर्यो। ७३औं मिनेटमा इथान इब्राहिमले गोल गर्दै बंगलादेशबाट दुई अंक खोसे।