काठमाडौं। पहिलोपल्ट आयोजना हुन लागेको महिला फ्रेन्चाइज लिग आगामी मंसिर तेस्रो सातादेखि सुरु हुने भएको छ।
काभ्रेको धुलिखेलमा शुक्रबार सम्पन्न अखिल नेपाल फुटबल संघ (एन्फा)को साधारण सभाले वार्षिक क्यालेन्डर सार्वजनिक गर्दै लिग मंसिर १५ गतेदेखि सञ्चालन गर्ने जानकारी दिएको हो। लिगमा उत्कृष्ट डिभिजनका आठ क्लबले सहभागिता जनाउने एन्फाले जानकारी दिएको छ।
प्रतियोगिता माग १४ गतेसम्म सञ्चालन गरिने भएको छ। यसबीचमा महिला टोलीले केही अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेल्ने छ। एन्फा आफैंले पहिलोपल्ट फ्रेन्चाइज लिग सञ्चालन गर्न लागेको हो।