• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
फाईनल पुग्ने भारत र न्युजिल्याण्डको दाउ
खेलपाटी संवाददाता
मंगलबार, असार २४, २०७६ खेलपाटी संवाददाता
फाईनल पुग्ने भारत र न्युजिल्याण्डको दाउ

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा आज (मंगलबार) भारत र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुदैछ । इंग्ल्याण्डकाे म्यानचेष्टरमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो पाैने ३ बजे सुरु हुनेछ । 

ओल्ड ट्राफोर्डमा मैदान उत्रदा दुवै टोलीको नजर फाइनल पुग्नु हुनेछ । दुवै टिमले सेमिफाइनलका लागि तयार भएको बताईसकेका छन् । यस खेलको विजेताले उपाधिका लागि अष्ट्रेलिया र इंग्ल्याण्डबीचको विजेतासँग खेल्नेछन् ।

दुई टोलीबीचको पछिल्लो पाँच खेलको नतिजा हेर्दा भारत बलियो देखिएको छ । पाँच भेटमा भारतले ३ खेल जितेको छ । न्युजिल्याण्डले १ खेल जितेको छ । एक खेल नतिजाविहीन बनेको थियो ।

विश्वकप इतिहाँसमा पहिलो पटक भारत र न्युजिल्याण्ड सेमिफाइनलमा खेल्न लागेका हुन् । यसै विश्वकपको लिग चरणको खेलमा पनि दुई टोलीबीच खेल भएको थिएन् । बर्षाले प्रभावित गर्दा दुई टोलीबीचको खेल रद्द भएको थियो ।

विश्वकपको सेमिफाइनलमा पहिलो पटक खेल्न लागेपनि दुई टोलीबीच यू-१९ विश्वकपको सेमिफाइनलमा भने प्रतिस्पर्धा गरेका थिए ।

सन् २००८ मा भएको उक्त यू-१९ विश्वकपको सेमिफाइनलमा भारतले बाजी मारेको थियो । र, फाइनलमा दक्षिण अफ्रिकालाई पराजित गर्दै भारतले उपाधि नै जितेको थियो ।

संयोग, उक्त यू-१९ विश्वकपको सेमिफाइनलमा रहेका दुवै देशका कप्तानहरु अहिले राष्ट्रिय टोलीको कप्तानी गरिरहेका छन् । न्युजिल्याण्ड केन विलियम्सनको नेतृत्वमा रहेको थियो भने भारत विराट कोहलीको कप्तानीमा रहेको थियो ।

सन् २००८ को सेमिफाइनलमा भारतले डिएल पद्दतिमा न्युजिल्याण्डलाई ३ विकेटले हराएको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले ५० ओभरमा ८ विकेट गुमाएर २०५ रन बनाएको थियो । खेलम कप्तान विलियम्सनले ३७ रनको योगदान गरेका थिए ।

डिएल पद्दतिको आधारमा भारतले ४३ ओभरमा १९१ रनको लक्ष्य पाएको थियो । र, भारतले ७ विकेटको क्षतिमा ९ बल बाँकी रहँदा खेल जितेको थियो । उक्त खेलमा कोहलीले ४३ रन जोडेका थिए ।

हेड टु हेडमा को बलियो ?

हालसम्म एकदिवसीय क्रिकेटमा दुई राष्ट्रबीच १०५ पटक प्रतिस्पर्धा गरेका छन् । जसमा भारत हाबी रहेको देखिन्छ ।

भारतले ५५ खेलमा जित हात पारेको छ भने न्युजिल्याण्डले ४५ खेल जितेको छ । १ खेल बराबरी भएको छ भने १ खेल नितिजाविहीन भएको थियो ।

विश्वकपको हेड टु हेडमा भने भारत भन्दा न्युजिल्याण्ड अघि रहेको छ । हालसम्म ८ पटक विश्वकपमा आमने सामने भएका छन् । जसमा न्युजिल्याण्ड ४ पटक भारत माथि हाबी भएको छ । भारतले ३ खेल जित्दा १ खेल नतिजाविहीन भएको थियो ।

जारी विश्वकपमा भारतले ९ खेलमा ७ खेलमा जित हात पार्दै शीर्ष स्थानमा रहँदै सेमिफाइनल यात्रा गरेको थियो । समान खेल खेलेको न्युजिल्याण्डले ५ खेलमा जित हात पर्दा पाकिस्तानसँग नेट रन रेटको आधारमा सेमिफाइनल प्रवेश गरेको थियो ।

यस विश्वकपमा भारतका रोहित शर्मा उत्कृष्ट लयमा रहेका छन् । उनि विश्वकपमा सबै भन्दा धेरै रन बनाउने ब्याट्सम्यान रोहित हुन् । उनले ८ ईनिङ्समा ६ सय ४७ रन बनाएका छन् । जसमा उनले ५ शतक र १ अर्धशतक प्रहार गरेका छन् ।

सेमिफाइनलमा न्युजिल्याण्डलाई रोहितको डर हुनेछ । ओपनर रोहितलाई न्युजिल्याण्डका बलरले पहिलो पावर प्लेमा पेभिलियन पठाउन नसके न्युजिल्याण्डको फाइनल पुग्ने सपना रोहितले चक्नाचुर पार्न सक्ने छन् ।

यस्तै भारतलाई लोकी फिर्गुसनको डर रहेको छ । जारी विश्वकपको ७ खेलमा १७ विकेट हात पारेका उनी सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा तेस्रो स्थानमा रहेका छन् ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बहराइनमाथि नेपालको सानदार जित
बहराइनमाथि नेपालको सानदार जित
एक साता मात्रै रोकिने भयो आइपिएल
एक साता मात्रै रोकिने भयो आइपिएल
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
पञ्जाब र दिल्ली बीचको खेल रद्द
पञ्जाब र दिल्ली बीचको खेल रद्द
umbro nepal
  • ताजा समाचार
  • खेल आज
२०३१ को महिला विश्वकपमा ४८ राष्ट्र
२०३१ को महिला विश्वकपमा ४८ राष्ट्र
बहराइनमाथि नेपालको सानदार जित
बहराइनमाथि नेपालको सानदार जित
भारतको सेमिफाइनलको सम्भावना मजबुत
भारतको सेमिफाइनलको सम्भावना मजबुत
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP