एजेन्सी । भारतीय क्रिकेट खेलाडीको चर्चा जति हुन्छ उनीहरुको धर्मपत्नीको समेत उत्तिकै चर्चा हुने गरेको छ । प्राय: भारतीय क्रिकेट खेलाडीहरुले आफ्नो पेशा भन्दा फरक क्षेत्र र पेशा भएकासँग बिबाह गरेका छन् ।
भारतीय खेलाडीको धर्मपत्नी केहि मनोरन्जन, केहि व्यवसाय त केहि राजनीतिक क्षेत्रका रहेका छन् ।
भारतका ७ क्रिकेटरका धर्मपत्नीको पेशाबारे जान्नुहोस् ।
१. विराट कोहली - अनुष्का शर्मा

भारतीय क्रिकेट कप्तान विराट कोहलीको धर्मपत्नी अनुष्का शर्मा बलिउडका चर्चित नायिका हुन् । उनले साहरुख खानसँग 'रब ने बना दी जोडी' नामक फिल्मबाट बलिउडमा डेब्यु गरेकी थिइन् । हालसम्म उनले थुप्रै बलिउड फिल्ममा तीन वटै खान (सलमान, साहरुख र आमिर) सँग काम गरिसकेकी छिन् ।
फिल्ममा काम गर्नु बाहेक उनले आफनो व्यवसाय पनि गर्ने गर्छिन् । अनुष्काको 'निशु' नामक एक कपडा व्यवसाय रहेको छ ।
२. दिनेश कार्तिक - दिपिका पल्लिकाल

भारतीय खेलाडी दिनेश कार्तिकको धर्मपत्नी दिपिका पल्लिकाल स्क्वास खेलाडी हुन् । उनीहरु बिवाह बन्धनमा बाँधिनु पहिले नै दिपिका एक नाम चलेकी खेलाडी थिइन् ।
भारतका स्क्वास खेलाडी मध्ये दिपिका चर्चित खेलाडी हुन् । उनि पिएसए वरियताको शिर्ष १० मा अटाउने पहिलो भारतीय खेलाडी हुन् । हाल उनी ११ उपाधि जित्दै १९ औं स्थानमा रहेकी छिन् ।
यस बाहेक उनले सन् २०१४ को कमानवेल्थ गेममा स्वर्ण पदक समेत हात पारेकी छिन् । उनले भारतीय चर्चित अवार्ड अर्जुना र पद्मश्री समेत हात पारेकी छिन् ।
३. रोहित शर्मा - रितिका साजद

रोहित शर्माको धर्मपत्नी रितिका साजद स्पोर्ट्स म्यानेजमेन्टको काम गर्छिन । रोहितसँगको बिबाहअघि रितिका क्रिकेटरहरुसँग नै काम गर्थिन् । रितिकाले कर्नर स्टोन स्पोर्ट्स म्यानेजमेन्ट एण्ड इन्टरटेन्मेटमा म्यानेजरको रुपमा काम गर्थिन् । रोहितलाई भेट्नु पहिले रीतिकाको हर्बजन सिंह र युभराज सिंहसँग राम्रो दोस्ती थियो ।
रितिकाका परिवारका सबै सदस्य स्पोर्ट्स सम्बन्धि काम गर्छन् । र, उनीहरुको बिबाहपछि रितिकाको भाईले रोहितको सबै व्यवसायिक काम हेर्ने गरेका छन् ।
४. केदार जाधब - स्नेहा जाधब

भारतमा क्रिकेटरले क्रिकेटर नै बिबाह गरेको इतिहास निकै कम छ । त्यसमा केदार जाधब र स्नेहा जाधब पर्छन ।
स्नेहा भारतका व्यवसायिक क्रिकेटर हुन् । उनले स्टेट लेभल क्रिकेट खेलिसकेकी छिन् । तर, उनले अन्तराष्ट्रिय खेल भने खेलेकी छैनन् ।
स्नेहाले ३७ लिस्ट 'ए' क्रिकेट, १ फर्स्ट क्लास क्रिकेट र ३१ टी-ट्वान्टी खेल खेलिसकेकी छिन् ।
५. रविन्द्र जडेजा - रिभा सोलांकी

रविन्द्र जडेजाका धर्मपत्नी रिभा मेकानिकल इन्जिनियर हुन् । तर, भारतीय जनता पार्टीको सदस्यता लिएपछि रिभाले अहिले राजनीति गरिरहेकी छिन् ।
क्रिकेटर जडेजा र रिभाबीच एक पार्टीमा पहिलो पटक भेट भएको थियो र छोटो समयमा नै उनीहरु बैवाहिक जीवनमा गासिएका थिए ।
६. अजिंका रहाने - राधिका धोप्वाकर

भारतीय मिडल अर्डर ब्याट्सम्यान अन्जिंका रहानेको धर्मपत्नी राधिका धोप्वाकर इन्टेरियर डिजाइनर हुन् । यी दुई जोडी कलेज देखिका मिल्ने साथि हुन् । यी दुई जोडी सार्वजनिक हुन चाँहादैनन् । अन्य खेलाडीको श्रीमतीको तुलनामा राधिका कम खेल हेर्न स्टेडियम पुग्ने गर्छिन् ।
७. सुरेश रैना - प्रियंका चौधरी
सुरेश रैनाको धर्मपत्नी प्रियंका चौधरी सफ्टवेर इन्जिनियर हुन् । रैनासँगको बिबाह अघि प्रियंकाले लामो समय नेदरल्याण्डमा बिताएकी थिइन् ।

सन् २०१५ मा स्टार खेलाडीसँग प्रियंकाको बिबाह भएको थियो । प्रियंका आफ्नो पतिको समर्थनमा निकै कम खेल हेर्न स्टेडियम पुग्ने गरेकी छिन् । उनी फुटबलको समर्थक हुन् ।
आईटिमा सफ्टवेर इन्जिनियरिङ गरेकी प्रियंकाले नेदरल्याण्डको थुप्रै बैंकमा काम गरेकी छिन् । हाल उनी एनजीओसंग मिलेर गर्भवती महिला र शिशुको स्वास्थको लागि जनचेतना फैलाउने काम गरिरहेकी छिन् ।