एजेन्सी । संयुक्त राज्य अमेरिकाले फ्रान्समा जारी फिफा महिला विश्वकप फुटबलको उपाधि जितेको छ ।
आइतबार भएको फाइनलमा नेदरल्याण्डलाई २-० गोल अन्तरले पराजित गर्दै अमेरिका च्याम्पियन बनेको हो ।
लियोनमा अमेरिकालाई जित दिलाउन मेगान रापिनोई र रोज लाभिल्लेले एक एक गोल गरिन् ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा दुई गोल गर्दै अमेरिका च्याम्पियन बनेको हो ।
खेलको ६१ औं मिनेटमा मेगानले पेनाल्टीमा गोल गर्दै अमेरिकालाई सुरुवाती अग्रता दिलाए । त्यसपछि खेलको ६९ औं मिनेटमा रोजले गोल गर्दै अमेरिकालाई २-० को जित दिलाईन् ।
योसंगै अमेरिकाले कीर्तिमानी चौंथो पटक विश्वकपको उपाधि जित्न सफल भएको छ । अमेरिकाको यो लगातार दोस्रो विश्वकप उपाधि समेत हो ।
यसअघि अमेरिकाले सन् १९९१, सन् १९९९ र २०१५ मा उपाधि जितेको थियो ।