एजेन्सी । विरासत र दबदबा सधै उही रहदैन । समयको चक्रसंगै बदलिरहन्छ । फुटबलमा अझ बढी त्यो लागु हुन्छ । नामले मात्र उपाधि जितिदैन । नत्र फुटबलको पर्याय बनेको ब्राजिललाई उपाधिको खडेरी पर्ने थिएन ।
कुनै समय युरोपेली फुटबलमा राज गरेको स्पेन यति चाँडै पतनको बाटोमा जाने थिएन । विश्वलाई डिफेन्सिभ खेलको पाठ पढाउने ईटाली विश्वकपमै छनोट नहुने अवस्था आउने थिएन । फुटबलमा यस्तै हुन्छ ।
फुटबलमा जितले कति खुसी दिन्छ, त्यो ब्राजिली जत्ति अरुलाई के थाहा । हारको चोट के हुन्छ, ब्राजिली जनता जत्ति अरुले महशुश गर्दैनन् होला । सन् २०१४ मा घरमै भएको विश्वकपमा जर्मनीसंग ब्यहोरेको ७–१ को हार ब्राजिलले सायदै भुल्नेछ ।
विश्व जगतले ब्राजिलले फुटबलमा जति नाम कमाएर के भो र, उसले ठुला उपाधि नजितेको १२ बर्ष भईसक्यो । उपाधिको सधैको दाबेदार टिम ब्राजिलले उपाधि जित्न बिर्सिएको नि धेरै पो भयो । त्यही ब्राजिल भोली (आईतबार) कोपा अमेरिकाको फाईनल खेल्दैछ, पेरुविरुद्व ।
घरेलु भुमिमा भएको प्रतियोगिताको उपाधि उचाल्ने एक मौका समयले ब्राजिललाई दिएको छ ।

मार्किन्होस समेत मान्छन्, छोटा विवरणले पक्कै फरक पर्नेछ । ब्राजिल आईतबार हुने कोपा अमेरिकाको फुटबलमा पेरुविरुद्व स्पष्ट जित चाहन्छ ।
आयोजक ब्राजिलले सन् २००७ यता कुनै ठुला उपाधि जित्न सकेको छैन । भलै उसले सन् २०१३ को कन्फिडिरेशन कप र सन् २०१६ को ओलम्पिक जितेको थियो ।
फेरी ब्राजिलले घरेलु भुमीमा आयोजित सबै कोपा अमेरिका जितेको ईतिहास पनि छ ।
तर डिफेन्डर मार्किन्होस भन्छन्, ‘फुटबलमा कुनैपनि चिज चाँडै परिवर्तन हुन्छन् ।’
‘पेरु निकै फरक अवस्थामा छ । सबैलाई थाहा छ, उनीहरुलाई हराउन निकै कडा मेहनत गर्नुपर्नेछ । किनकी फाईनल एक फरक खेल हो ।’ उनी भन्छन् ।
‘यहाँ भावना, रणनीति र तरिका सबै तल आउनेछन् । हामीलाई यि सबै कारणको संयोजन गर्न आवश्यक छ । जसले कम गल्ती गर्नेछ । उसैले खेल जित्नेछ ।’ उनी भन्छन् ।
ब्राजिल सुरुमै स्टार खेलाडी नेयमारको चोटले पिरोलियो । तर उसले सम्पुर्ण ताकत खेल अवधिभर लगायो । उसेल फाईनलसम्म पुग्न १० गोल गरेको छ । एक गोलपनि खाएको छैन ।
ब्राजिलले पेरुलाई समुह चरणमै ५–० गोल अन्तरले हराएको थियो । सोही कारण उसले नवौ पटक कोपा अमेरिकामा उपाधि दाबेदारिता प्रस्तुत गरेको छ ।
के १२ बर्ष कोपाको उपाधि खडेरी भोगेको ब्राजिलले प्यास मेटाउने अवसर पाउला ?