एजेन्सी । ब्राजिलमा जारी कोपा अमेरिका फुटबल अन्तर्गत अहिले तेस्रो स्थानको लागि अर्जेन्टिना र चिलीबीच प्रतिस्पर्धा भईरहेको छ ।
खेलको पहिलो हाफ सकिदा साविकको उपविजेता अर्जेन्टिनाले २-० को अग्रता बनाएको छ । साविकको विजेता चिलीविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाका लागि सर्जियो अग्युरो र पाउल डिबलाले एक एक गोल गरे ।
तर, खेलको पहिलो हाफमै दुई टोली १० खेलाडीमा समेटिएका छन् ।
अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी र चिलीका गारी मेडेलले रातो कार्ड पाएका छन् । मेस्सी र गारीले एक अर्काविरुद्ध मैदानमा झगडा गरेपछि रातो कार्ड पाएका हुन् ।


