एजेन्सी । फ्रान्समा जारी फिफा महिला विश्वकप फुटबलमा स्विडेनले तेस्रो स्थान हासिल गरेको छ । शनिबार भएको तेस्रो स्थानको खेलमा स्विडेनले इंग्ल्याण्ड लाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
स्विडेनलाई जित दिलाउन कोसोभारी असल्लानी र सोफिया ज्याकोबसनले एक एक गोल गरिन् । इंग्ल्याण्डकी फ्रान किर्बेले एक गोल फर्काइन ।
स्विडेनसँग पराजित भएसंगै इंग्ल्याण्ड चौंथो स्थानमा रह्यो ।
विश्वकपको फाइनलमा भने अमेरिका र नेदरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।