नवकिरण शाह
नेपालगञ्ज । बाँकेमा भएको क्वीक्स कप अन्तर विद्यालय छात्र राष्ट्रिय फुटबल प्रतियोगितामा दिप ज्योति विद्यालय चपरगौडी फाईनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको खेलमा दिप ज्योतिले गुँरास चाइल्सहुड एकेडेमी नेपालगञ्जलाई हराएको हो ।
नेपालगञ्जको दङ्गा प्रहरी मैदानमा भएको खेलमा दिपज्योतीले गुराँसलाई २–१ गोल अन्तरले पराजित गर्न सफल रह्यो । दिपज्योतिको जितमा इश्वर श्रेष्ठले दुवै गोल गरे ।
प्रतियोगिताको फाईनल खेल आगामी सोमबार हुनेछ । अखिल नेपाल फुटबल संघ एन्फाले देशभरका विभिन्न जिल्लामा विद्यायस्तरीय फुटबल प्रतियोगिता सञ्चालन गरेको हो ।
बाँकेबाट प्रतियोािगतामा ३२ विद्यालयको सहभागीता रहेको छ ।