काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्द रहेको पर्सिजा जकार्ताले इन्डोनेसियाको पिआला इन्डोनेसियाको फाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको सेमिफाइनलको दोस्रो लेगमा पुसामानिया बोर्नेओ एफसीसँग १-१ गोलको बराबरी खेल्दै समग्रमा ३-२ को जित निकाल्दै पर्सिजा फाइनल पुगेको हो । यसअघि पहिलो लेगमा पर्सिजाले २-१ को जित निकालेको थियो ।
बोर्नेओको मैदानमा पर्सिजाका लागि इस्मेद सोफियनले एक गोल गरे । बोर्नेओका रेनन सिल्भाले एक गोल फर्काए ।
बोर्नेओविरुद्धको खेलमा रोहितले पुरै ९० मिनेट मैदानमा बिताएका थिए । इन्डोनेसियन लिगमा गत सिजन उत्कृष्ट खेलाडी घोषित रोहित पुन: एक सिजनको लागि जकार्ता पुगेका हुन् ।
अब फाइनलमा पर्सिजाले मादुरा युनाईटेड र पीएसएमबीचको विजेतासँग खेल्ने छन् ।