एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले महिला विश्वकप फुटबलमा सहभागी देशको संख्या र पुरस्कार रकम वृद्विको तयारी गरेको छ ।
फिफा अध्यक्ष जियानी ईन्फान्टिनाले महिला विश्वकपको संख्या ३२ पु¥याउने र पुरस्कार रकम समेत वृद्वि गर्ने बताएका हुन् ।
फ्रान्समा जारी प्रतियोगितालाई सर्वश्रेष्ठ महिला विश्वकप बताएका उनले महिला फुटबल विकासका विभिन्न योजना अघि सारेका छन् ।
सन् २०२३ को आयोजनाको दाबेदारिता प्रस्तुत हुनु अघि अहिलेसम्म विश्वकपमा २४ टिमले प्रतिस्पर्धा गर्दै आएका छन् ।
अध्यक्ष ईन्फान्टिनाले महिला विश्व लिगको आयोजनाको बिषयमा समेत फिफाले योजना बनाईरहेको बताएका छन् । जो युईएफए नेसन्स लिग जस्त हुनेछ ।
जो बढुवा र घटुवाको प्रक्रियाबाट अघि बढ्नेछ ।
उनले महिला फुटबलको विकासमा आगामी चार बर्षमा लगानी दोब्बर गर्ने समेत बताएका छन् ।

यो बर्ष महिला विश्वकप कीर्तिमान दर्शकले बेलायतमा हेरेका थिए । अध्यक्ष ईन्फान्टिनोले सन् २०२३ को विश्वकपमा यसलाई अझ विस्तार गर्ने योजन अघि सारेका छन् ।
यस्तै विश्वकपको पुरस्कार रकममा समेत वृद्वि गर्ने फिफाको तयारी छ । यस बर्ष विश्वकप विजेताले २४ मिलियन पाउण्ड प्राप्त गर्नेछन् भने अर्को संस्करणको विजेताले ४८ मिलियन पाउण्ड रकम प्राप्त गर्ने फिफाले जनाएको छ ।