एजेन्सी । म्यानचेष्टर युनाईटेडका मिडफिल्डर पाउल पोग्बाले क्लब छाड्ने चाहाना ब्यक्त गरेका छन् । उनका एजेन्ट मिनो रोयोलाले सो कुराको पुष्टि गर्दै पोग्बाले क्लब छाड्ने मनसाय देखाएकाे बताएका हुन् ।
२६ बर्षका पोग्बा प्रि सिजनको अभ्यासमा अनुपस्थित रहनेछन् । उनीकाे भविष्यलाई लिएर अनिश्चितता व्यक्त भइरहेकाे छ ।
गत जुनमा पोग्बाले नयाँ चुनौती खोज्ने उपयुक्त समय आएको बताएका थिए ।
क्लबले समेत प्रि सिजन अन्तर्गत अष्ट्रेलिया भ्रमणमा पोग्बालाई लैजाने योजना बनाएको थियो । तर अधिकांश खेलाडीले प्रि सिजनको तयारीका लागि क्लबको सम्पर्कमा आएपनि पोग्बाले प्रशिक्षकसंग स्विकृती लिएर भ्रमणमा जान नसक्ने बताएका थिए ।
पोग्बाको भविष्यलाई लिएर विभिन्न अटकलबाजी जारी छ । एक समय उनी र तत्कालिन प्रशिक्षक जोसे माउरिन्होबीच तिव्र विवाद थियो । सोही कारण क्लबले माउरिन्होलाई बर्खास्त गरेको थियो ।
गत मार्चमा मात्र पोग्बाले स्पेनिस क्लब रियल मड्रिड हरेक खेलाडीको सपना हुने गरेको बताएका थिए । तर उनले क्लबमा आफु खुसी रहेको बताएका थिए ।
स्पेनिस क्लब रियल र युभेन्ट्स पाग्बासंग नियमित सम्पर्कमा छन् । दुवै क्लब पाेग्बालाइ अनुबन्धन गर्न लालायित छन् । पोग्बाको क्लबसंगको सम्झौता सन् २०२१ मा सकिदैछ ।
उनी सन् २०१६ मा युभेन्ट्सबाट प्रिमियर लिग म्याचेष्टर युनाईटेड फर्किएका थिए । उनले १ सय ३५ खेलमा ३१ गोल गरेका छन् ।