एजेन्सी । मोरक्को इजिप्टमा जारी अफ्रीका कप अफ नेसन्सको अन्तिम १६ बाट बाहिरिएको छ ।
शुक्रबार राति भएको अन्तिम १६ को खेलमा बेनिनसँग पेनाल्टी सुटआउटमा ४-१ गोल अन्तरले पराजित गर्दै मोरक्को प्रतियोगिताबाट बाहिरिएको हो । मोरक्कोलाई हराउँदै बेनिन भने क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
खेलको निर्धारित र थपिएको अतिरिक्त समय १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा बेनिनले चार खेलाडीले गोल गर्दा मोरक्कोका एक खेलाडीले मात्र गोल गरे ।
पेनाल्टीअघि १० खेलाडीमा सिमित बेनिनका लागि मोइसे अदिलहोउले एक गोल गरेका थिए । मोरक्कोका युसुफ एन नेस्रीले गोल फर्काएका थिए ।
यस्तै खेलको अन्तिम मिनेटमा मोरक्कोका हाकिम जिएचले पेनाल्टीमा गोल गर्न सकेनन् । र, खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा खालिद एड्नोनले रातो कार्ड पाउँदा बेनिन १० खेलाडीमा समेटिएको थियो ।