• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
यूवा क्रिकेटरलाई महत्वपूर्ण एसिया कप
खेलपाटी संवाददाता
सोमबार, भदौ २, २०७६ खेलपाटी संवाददाता
यूवा क्रिकेटरलाई महत्वपूर्ण एसिया कप

काठमाडौं । एसीसी यू-१९ एसिया कप क्रिकेट भदौ १५ देखि श्रीलंकामा सुरु हुँदैछ । १४ दिनसम्म चल्ने प्रेतियोगितामा एसियाका ५ टेष्ट राष्ट्रसहित ८ राष्ट्रले सहभागिता जनाउने छन् ।

गत महिना मलेसियामा सम्पन्न एसीसी यू-१९ इन्टर्न रिजनको उपाधि जितेर नेपाल एसिया कपमा छनोट भएको थियो । अब नेपालले एसिया कपमा भारत, श्रीलंका, बंगलादेश, अफगानिस्तान, पाकिस्तान, कुवेत र युएई जस्ता राष्ट्रसँग प्रतिस्पर्धा गर्नेछ ।

यस पटकको एसिया कप नेपालको लागि विश्वकप जत्तिकै ठुलो प्रतियोगिता हुनेछ । किनकि नेपाल आईसीसी यू-१९ विश्वकपका लागि छनोट हुन असफल भईसकेको छ । अब नेपालका युवा खेलाडीले खेल्ने ठुलो प्रतियोगिता यहिँ नै हुनेछ ।

गत वैशाखमा मलेसियामै सम्पन्न यू-१९ विश्वकप छनोटमा यूएईसँग डिएल पद्दतिको आधारमा १ रनले पराजित भएसँगै नेपालको विश्वकप यात्रा सकिएको थियो । योसँगै नेपालले पहिलो पटक लगातार दुई संस्करणको यू-१९ विश्वकप गुमाएको हो ।

विश्वकप पुग्न असफल भएपनि नेपाल एसिया कपमा भने सहजै छनोट भयो । नेपालले फाइनलमा हङकङलाई ६ विकेटले पराजित गर्दै उपाधिसहित एसिया कपको यात्रा तय गरेको थियो ।

यू-१९ एसिया कप नेपाली खेलाडीका लागि निकै महत्वपूर्ण रहेको छ । किनकि एसिया कपको प्रदर्शनले नेपाली यूवा खेलाडीको स्तर देखिनेछ ।

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक विनोद दासले यस प्रतियोगिता आफ्नो यूवा खेलाडीको परिक्षाको रुपमा हेरेको बताउँछन् । 

'हाम्रो स्तर के हो भन्ने यहि प्रतियोगितामा थाहा हुन्छ,' प्रशिक्षक दास भन्छन् , 'टेष्ट राष्ट्रसंग खेल्दा हाम्रो बलियो पक्ष र सुधार गर्नु पर्ने कुरा हामीले राम्रोसंग थाहा पाउछौं ।'

यू-१९ टिम राष्ट्रिय टिमको एक हिस्सा समेत हो । यू-१९ टोलीमा गरेको प्रदर्शनबाट अधिकांस खेलाडीले राष्ट्रिय टिमको ढोका खोल्दै आएका छन् ।

नेपाली राष्ट्रिय टिममा अहिले रहेका अधिकांस खेलाडी यू-१९ टिमबाट आएका खेलाडी छन् । कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, दिपेन्द्र सिंह ऐरी, शरद भेषवाकर, बसन्त रेग्मी लगायतका खेलाडी यू-१९ टोलीबाटै आएका हुन् ।

हाल नेपाली यू-१९ टोलीमा रहेका अधिकांस खेलाडीले अन्तिम पटक उमेर समूहको प्रतियोगिता खेल्नेछन् । त्यसैले धेरै यूवा खेलाडीका लागि यस प्रतियोगिता राष्ट्रिय टिमको ढोका ढकढकाउने समय हुनेछ । जसको मापन यस प्रतियोगितामा उनीहरुले गर्ने प्रदर्शनबाट हुनेछ ।  हाल टिमका कप्तान रहेका रोहित कुमार पौडेल, पवन सर्राफ, सन्दीप जोराले भने राष्ट्रिय टिमबाट खेलिसकेका छन् ।

नेपालले आगामी असोज १८ देखि ओमानमा पाँच राष्ट्रबीच हुने टी-ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्दैछ । उक्त प्रतियोगिताको लागि टिममा स्थान बनाउन पनि यूवा खेलाडीका लागि एसिया कप महत्वपूर्ण हुनेछ।

एसिया कपमा नेपालले केहि उत्कृष्ट नतिजा ल्याएको इतिहास पनि रहेको छ । सन् २०१७ को संस्करणमा नेपालले भारतलाई पराजित गरेको थियो । समूह चरणको खेलमा नेपालले भारतलाई १९ रनले पराजित गर्दै इतिहास रचेको थियो । कुनै पनि क्रिकेट खेलमा नेपालले भारतलाई पराजित गरेको त्यो नै पहिलो पटक हो ।

भारतविरुद्धको उक्त प्रदर्शनले नेपालले भारतमा त्रिदेशीय सिरिज खेल्ने मौका पाएको थियो । सिरिजमा नेपाल, अफगानिस्तान र भारतको दुई टिम रहेको थियो ।

त्यसैले युवा टिमको एसिया कपको प्रदर्शनले नेपाली क्रिकेटको भविष्य समेत कोरिने प्रशिक्षक दासको बुझाई छ ।

'भारतलाई पराजित गरेसंगै हामीलाई त्रिदेशीय सिरिजका लागि निम्तो दिएको थियो,' प्रशिक्षक दासले भने,  'हाम्रो यस पटकको प्रदर्शनले हाम्रो क्रिकेटको भविष्यको बाटो कोर्नेछ ।'

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
उपाधि रक्षातिर नेपाल
उपाधि रक्षातिर नेपाल
मलेसियासँग नेपालले टस जित्यो
मलेसियासँग नेपालले टस जित्यो
इङ्ल्यान्डविरुद्ध गिलको शतक
इङ्ल्यान्डविरुद्ध गिलको शतक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
चेल्सी जाने पक्का भए जेमी
चेल्सी जाने पक्का भए जेमी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP