• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
सोमवार, फाल्गुन १७, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
ब्याडमिन्टन
  • गृहपृष्ठ
  • ब्याडमिन्टन
साग विशेष : ब्याडमिन्टनले निराश नपार्ने
64x64
आइतवार, मंसिर ८, २०७६ विश्वास थापा

काठमाडौं । ब्याडमिन्टनले दक्षिण एसियाली खेलकुद (साग) मा धेरै पछि मात्र प्रवेश पायो ।

सागको इतिहास हेर्दा सन् २००४ बाट मात्र ब्याडमिन्टन खेल समावेश गरिएको थियो । अर्थात, सुरुवाती ८ संस्करणसम्म ब्याडमिन्टनलाई सागमा समावेश गरिएन ।

नेपालले भने पाकिस्तानमा भएको नवौं सागपछि निरन्तर रुपमा ब्याडमिन्टनमा सहभागिता जनाउदै आएको छ ।

नेपालले सागमा रजत बाहेक ठुलो उपलब्धि हात पार्न सकेको छैन । तर, नेपालले कुनै पनि संस्करणमा ब्याडमिन्टनमा खाली हात भने फर्कनु परेको छैन ।

तयारी -

घरेलु मैदानमा आयोजना हुने १३ औं सागका लागि ब्याडमिन्टनको तयारी नेपालले पोखरामा गरिरहेको छ ।

करिब २ महिनादेखि निरन्तर प्रशिक्षणमा रहेको खेलाडीले अन्तराष्ट्रिय प्रतियोगितामा समेत सहभागिता जनाए । राम्रा प्रतियोगितामा सहभागि नेपाली खेलाडीले पदक समेत जितेका छन् ।

माल्दिभ्समा भएको यू–२१ दक्षिण एसिया चाम्पियनसिपमा नेपालले २ रजत र ३ कास्य पदक जित्यो । पाकिस्तानमा भएको योनेक्स सनराइज इन्टरनेसनल ब्याडमिन्टन सिरिजमा दिपेश धामी र रत्न जित तामाङको जोडीले पुरुष डबलमा रजत पदक हात पारे ।

पछिल्ला प्रर्दशनले खेलाडीको मनोबल समेत उच्च छ । ब्याडमिन्टनमा नेपालको मुख्य प्रतिद्वन्दी भारत हो । ब्याडमिन्टनको वरियतामा भारतका खेलाडी निकै माथि रहेका छन् । त्यसैले सागमा नेपालले बढीमा रजत पदकको लक्ष्य राखेको छ ।

'भारत विश्व वरियतामा बलियो टिम हो । नेपालको मुख्य चुनौती भारतनै हुनेछ ।’ प्रशिक्षक सुदिप योन्जनले भने, ’श्रीलंका, बंगलादेश, पाकिस्तान हाम्रै स्तरका हुन् ।’

ब्याडमिन्टनका स्पर्धा पोखरामा डिसेम्बर १ देखी ६ सम्म आयोजना हुनेछ ।

पोखरामै खेल हुने भएपछि सोही स्थानमा तयारी समेत गरिएको छ । तर,अभ्यास गर्ने स्थल स्तरीय नभएको प्रशिक्षकको गुनासो छ ।

'अभ्यास गर्ने स्थल सिमेन्टको छ । म्याट बिछ्याएर अभ्यास गरेका छौं ।’ प्रशिक्षक सुदिपले भने, 'यसरी खेल्दा खेलाडीको घुँडामा समस्या देखिन थालेको छ । तर खेलाडीले कुनै आपत्ति नजनाई कडा मेहनत गर्दै अभ्यासमा जुटेका छन् ।’

काठको खेल स्थलमा प्रशिक्षण गरिरहेका खेलाडीले पोखरामा सिमेन्टमा म्याट बिछ्याएर खेल्दा समस्या भएको हो ।

खेलाडीलाई निरन्तर अभ्यासमा मात्र राख्दा अल्छी लाग्ने भएका कारण उनीहरुलाई रिफ्रेस गराउन बेला मौकामा पोखरा गुमाउने गरेको सुदिपले जानकारी गराए ।

'खेलाडी लामो समयदेखि क्याम्पमा छन् । रिफ्रेस गराउन घुमाउने तथा अन्य खेल खेलाउने गरेका छौं ।’ सुदिपले थपे, ’हाँस्य कलाकार सन्दीप क्षेत्रीलाई ल्याएर एक घण्टाको प्रेरणादायी कक्षा समेत गराएका छौं ।’

लक्ष्य -

घरेलु भूमिमा आयोजना हुन लागेको सागमा समर्थकलाई निराश नपार्ने लक्ष्यका खेलाडीहरु प्रशिक्षणमा जुटेको प्रशिक्षक सुदिपले प्रष्ट पारे ।

वैदेशिक प्रतियोगितामा समेत सफलता हात पार्दै आएका कारण खेलाडीको मनोबल उच्च रहेको छ ।

प्रिन्स दाहाल, दिपेश धामी, बिष्णु कटुवाल, अमिता गिरि, नङ्गशल तामाङ्ग,प्रफुल महर्जन, सुनिल जोशी लगायतका खेलाडी सागमा पदक दिलाउन सक्ने खेलाडीको रुपमा हेरिएको छ ।

खेलाडीलाई हाल सुदिप योञ्जनको नेतृत्वमा नेपालका ५ प्रशिक्षक सहित एक जापानिज प्रशिक्षक यामा मोटोले प्रशिक्षण दिंदै आएका छन् ।

ब्याडमिन्टनमा ७ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । हरेक विधा (एकल, डबल्स र टिम) मा महिला र पुरुषको प्रतिस्पर्धा हुनेछ । मिक्स डबल्समा एक स्पर्धा मात्र रहेको छ ।

साग खेल्ने नेपाली खेलाडी

पुरुष - रत्नजित तामाङ, दिपेश धामी, बिकास श्रेष्ठ , प्रिन्स दाहाल, नविन श्रेष्ठ, प्रफुल महर्जन, सुनिल जोशी, बिष्णु कटुवाल, जीवन आचार्य र साजन कृष्ण ताम्राकार

महिला - नङ्शल तामाङ, रशिला महर्जन, जेशिका गुरुङ, सिमा राजवंशी, पुजा श्रेष्ठ, अनुमाया राई, अमिता गिरी, सिता राई र निता लम्साल

प्रतिक्रिया दिनुहोस्
थप समाचार
भोजपुरमा प्रदेश-१ स्तरीय मेयरकप ब्याडमिन्टन हुने
दिपेशलाई प्रधानमन्त्री कपको उपाधि
जेशिका च्याम्पियन
प्रिन्स अन्तिम चारमा
रत्न प्रधानमन्त्री कपबाट बाहिरिए
रत्न र प्रिन्स अन्तिम १६ मा
  • ताजा समाचार
  • खेल आज
युनाईटेड र चेल्सीको बराबरी
प्रादेशिक भलिबल रेफ्री कोर्स सम्पन्न
इन्टरको सहज जित
बेल चम्किदा टोटेनहमको सानदार जित
निजगढ युवा क्लबलाई उपाधि
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP