काठमाडौं। लगातार चौथो जित निकाल्दै विभागीय टोली नेपाल पुलिस क्लब एन्फा यु–१६ युथ लिगको शीर्ष स्थानमा उक्लिएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न दिनको तेस्रो खेलमा पुलिसले प्लानिङ ब्वाइज युनाइटेडमाथि ६–० को फराकिलो जित हासिल गरेको हो
पुलिसको जितमा समीर कुमार एक्लैले ४ गोल गरे। प्रशन राईले २ थपेका हुन्।
जितसँगै १२ अंक पुर्याएको पुलिसले दोस्रो स्थानको मछिन्द्र क्लबसँग १ अंकको अग्रता लिएको छ। लिगमा प्लानिङ ब्वाइजको यो तेस्रो हार हो।