• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
के होला एनएसएल ?
खेलपाटी संवाददाता
सोमबार, असार २०, २०७९ खेलपाटी संवाददाता
के होला एनएसएल ?

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)मा भएको नेतृत्व परिवर्तनसँगै फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल)को आयोजनामा अन्यौलता देखिएको छ । भदौको अन्तिम सातादेखि दोस्रो संस्करणको प्रतियोगिता आयोजना गर्ने स्विकृति पाएको नेपाल स्पोर्टस इभेन्ट एण्ड म्यानेजमेन्ट कम्पनी  एन्फाको नेतृत्व परिवर्तनसँगै अन्यौलमा परेको हो । 

चुनाव लगत्तै एनएसएलको व्यवस्थापन टिम नयाँ नेतृत्वलाई बधाई दिन एन्फा मुख्यालय पुगेको थियो । नवनिर्वाचित अध्यक्ष पंकजबिक्रम नेम्वाङलाई बधाई दिदै एनएसएलको टिमले प्रतियोगिताको निरन्तरताको विषयमा चासो राखेको थियो । 

नवनिर्वाचित अध्यक्ष नेम्वाङले एनएसएलको विषयमा सर्वपक्षिय छलफल गरेर निर्णय लिने बताएका थिए । उनले एन्फा, एनएसएल र ए डिभिजनका क्लबबीच संयुक्त छलफल गरेर निर्णयमा पुग्नुपर्ने धारणा राखेका थिए । फ्रेन्चाइज फुटबलको आयोजनामा ए डिभिजनका क्लबले गम्भिर आपत्ती जनाएको स्मरण गराउँदै उनले छलफलबाट मात्र नयाँ निर्णयमा पुग्नुपर्ने धारणा राखेका थिए । 

ए डिभिजनका केही ठुला क्लबले आपत्ती जनाएपछि चैतमा हुने भनिएको दोस्रो संस्करणको एनएसएल आयोजना हुन सकेन । जसमा तत्कालिन एन्फा कार्यसमितिका पदाधिकारीको समेत बिमती रहेको थियो । तिनै कार्यसमितिका पदाधिकारी एन्फा चुनाव जितेर आएका छन् । सोही कारण दोस्रो संस्करणको एनएसएल आयोजनामा अन्यौलता देखिएको छ । 

यसअघिको एन्फा कार्यसमितिले भाद्र २५ देखि कात्तिक ५ गतेसम्म प्रतियोगिता आयोजनाको अनुमती दिएको थियो । एन्फाबाट स्विकृति पाएपनि एनएसएलले दोस्रो संस्करणको तयारी अघि बढाएको छैन । तत्कालिन एन्फाको लापरबाही, फुटबल भित्रको फोहोर राजनीतिक र ए डिभिजनका केही ठुला क्लबको विरोधका कारण एनएसएलको भविष्य संकटमा परेको छ । 

एनएसएलको आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्ट एण्ड इभेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुदीप शर्माले एनएसएल आयोजनका लागि एन्फाको प्रतिक्रिया प्रतिक्षा गरेर बसेको खेलपाटीलाई बताए । ‘प्रतियोगिता आयोजनामा एन्फा रहेको जवाफ पाएका छौं । तयारीका साथ बसेका छौं । कुराकानी सकारात्मक रुपमा अघि बढिरहेको छ ।’ उनले भने । सिइओ शर्माले एन्फाको नयाँ नेतृत्व एनएसएललाई लिएर सकारात्मक रहेको प्रतिक्रिया आफुहरुले पाएको बताए । 

एनएसएल र एन्फाबीचको सम्झौताका कतिपय बुँदालाई लिएर ए डिभिजनका ठुला क्लब असन्तुष्ट छन् । एनएसएलको लिगलाई फिफा, एएफसीमा मान्यता दिलाउन एन्फाले पहल गर्ने सम्झौताको बुँदाले ए डिभिजनका क्लबलाई झस्काएको छ । सम्झौताबाट सो बुँदा हटाउनुपर्ने ए डिभिजनका क्लबहरुको माग छ । आफुसँग सम्झौतामा रहेका खेलाडीलाई बिना जानकारी एनएसएलका क्लबले अनुबन्ध गरेपछि ए डिभिजनका क्लबले चर्को असन्तुष्टि जनाएका थिए । 

देशका १० शहरलाई फ्रेन्चाइज क्लबको रुपमा प्रस्तुत गरेर गत वर्ष सुरुवात गरिएको एनएसएल दोस्रो संस्करण सुरु नहुँदै अन्यौलतामा फसेको हो । एनएसएलमा लगानी गरेका १० क्लबले भने लिगको दिर्घकालिन योजना र सुनिश्चितता आयोजक र एन्फासँग खोजेका छन् । 
 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विगतको गल्ती नदोहर्‍याउने लक्ष्यमा नेपाल
विगतको गल्ती नदोहर्‍याउने लक्ष्यमा नेपाल
मणिलाई बेचैन बनाएको त्यो ‘रातो कार्ड’ !
मणिलाई बेचैन बनाएको त्यो ‘रातो कार्ड’ !
आइपिएलमा १४ वर्षे वैभवको आगमन
आइपिएलमा १४ वर्षे वैभवको आगमन
बाउन्ड्रीमा सिद्धान्त !
बाउन्ड्रीमा सिद्धान्त !
तीन अंकको विवादले धीरेन्द्रको करियरमा राजनीति !
तीन अंकको विवादले धीरेन्द्रको करियरमा राजनीति !
देसाईले झैं स्टुअर्टले कायापलट गर्लान् त?
देसाईले झैं स्टुअर्टले कायापलट गर्लान् त?
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपालको जितले भारत सेमिफाइनलमा
नेपालको जितले भारत सेमिफाइनलमा
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
एल क्लासिकोमा बार्सिलोनाको जित
एल क्लासिकोमा बार्सिलोनाको जित
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP