बुधबार, मंसिर १८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

तीन अंकको विवादले धीरेन्द्रको करियरमा राजनीति !

शुक्रबार, २२ चैत्र २०८१दीप सुवेदी
तीन अंकको विवादले धीरेन्द्रको करियरमा राजनीति !
Classic Tech Internet Ad

काठमाडौं। दुई खेल, तीन गोल र लगातार दुई जित। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेलिएका सहिद स्मारक ‘बी’ डिभिजन लिगअन्तर्गतका ती सुरुआती दुवै खेलमा एउटै नाम चम्कियो– धीरेन्द्रबहादुर शाह ठकुरी।

पाँच वर्षपछि पुनः शीर्ष डिभिजनमा उक्लिने सपनासहित मैदान उत्रिएको सरस्वती युथ क्लबका लागि यो सुरुआत उत्साहजनक मात्र थिएन, आशाजनक संकेत पनि थियो।

तर, त्यो उत्साहजनक लहर दुई खेलमै निराशामा परिणत भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)को राजनीति प्रतिशोध र विपक्षी क्लबको दादागिरीका कारण सरस्वती यति बेला गम्भीर समस्यामा फसेको छ।

सम्बन्धित समाचार

  • सरस्वतीका धीरेन्द्रलाई मैदान उत्रिन एन्फाको रोक !

क्लबका लागि निर्णायक भूमिका खेलिरहेका ठकुरीमाथि मैदान प्रवेशमा प्रतिबन्ध लगाइएको छ। कारण– उनीमाथि दुई फरक क्लबसँग सम्झौता गरेको आरोप।

‘खेलाडी पाउनै मुस्किल छ। जेनतेन उनलाई क्लबमा ल्याएका थियौं,’ सरस्वतीका अध्यक्ष उत्तमराज भण्डारी खेलपाटीसँग भन्छन्,‘तर, कुनै ठोस कारणबिना उनलाई रोकिएको छ। यसले उनको मनोबल त घटायो नै, अब उनी फुटबल नै छाड्ने सोचमा पुगिसकेका छन्। न उनी खान्छन् न राम्रोसँग सुत्छन्। डिप्रेसनमा पुग्न लागिसकेका छन्।’

२२ वर्षीय ठकुरी कञ्चनपुरको बेलडाँगीका बासिन्दा हुन्। २०७८ को ‘बी’ डिभिजन लिग खेल्न काठमाडौं ओर्लिएका उनले त्यस सिजन टुसाल युवा क्लबबाट खेलेका थिए। यद्यपि, टुसालको प्रदर्शन सन्तोषजनक हुन सकेन। क्लब रेलिगेसनको संघारमा पुगे पनि सामाजिक युथ क्लबलाई एक अंकले पछि पार्दै ११औं स्थानमा लिग समाप्त गर्‍यो।

६० हजार रुपैयाँमा सम्झौता गरेका उनी लिग सकिएपछि पाँच हजार रुपैयाँ थापेर खिन्न मनसहित गाउँ फर्किए। केही समय फुटबलदेखि टाढिएका उनी फेरि आफ्नो सपना पछ्याउँदै काठमाडौं फर्किए।

यसमा पुल भने नेपाली यु–२० राष्ट्रिय टोलीका गोलकिपर जियारथ शेख बनेका थिए। उनकै सिफारिसमा सरस्वती पुगेका ठकुरीले दुई खेलमा उत्कृष्ट प्रदर्शन गरे। सपनामा सकारात्मक ऊर्जाको उडान भर्‍यो। तर, अहिले त्यो सपनाको उडान भर्ने पंखा काटिएको छ। र, सकारात्मक ऊर्जा फेरि शिथिलतामा परिणत हुन थालेको छ।

उनी पछिल्ला दुई खेलमा मैदान उत्रिन पाएका छैनन्। सरस्वतीले पनि यी दुवै खेलमा पराजय बेहोरेको छ। अर्को कुरा त एन्फाले सरस्वतीलाई उनी खेल्न योग्य नभएको पत्र त पठाएको छ, तर कहिले योग्य हुन्छन् या अब हुँदैन त्यसको कुनै जानकारी दिएको छैन।

पत्रमा भनिएको छ,‘निज खेलाडी धीरेन्द्रबहादुर शाह ठकुरीलाई अर्को निर्णय नभएसम्मका लागि जारी लिग फुटबल प्रतियोगिताका बाँकी म्याचबाट निलम्बन गरेको ब्यहोरा जानकारी गराउँदछु।’

विवादको जड भने टुसालले मात्रै होइन, नयाँ बस्ती युथ क्लबले पनि झिकेको हो। चैत ७ गते भएको आफ्नो क्लबविरुद्ध ठकुरीले निर्णायक गोल गर्दै सरस्वतीलाई १–० को जित दिलाएपछि नयाँ बस्ती सहन नै भएन।

उक्त खेलपश्चात् नै नयाँ बस्तीका टिम म्यानेजर विकास राईले उनीविरुद्ध उजुरी गरेका हुन्। त्यसको एक हप्तापछि मात्रै एन्फाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्द्रमान तुलाधरले सरस्वतीलाई पत्र पठाएका हुन्। अहिले उक्त पत्रमाथि न एन्फाले छानबिन गरेको छ न त चासो नै देखाउन आवश्यक ठानेको छ। बरु बारम्बार भेट्दा छानबिन चलिरहेको भन्दै उल्टै फर्काइदिने गरेको छ।

‘हाम्रो माग केही होइन। अहिले उसलाई खेलाऔं र पछि कारबाही गर्नुपर्ने आवश्यक देखिए कारबाही गरेर क्लबलाई नै झार्नुपरेछ भने पनि झारौं। तर, एन्फाले खेल्नै दिँदैनौं भनेको छ,’ अध्यक्ष भण्डारी प्रश्न पर्छन्, ‘इमर्जेन्सीमा लगेको बिरामीको तत्कालै उपचार गर्ने कि पछि उपचार गर्छु भनेर मृत्युवरण गर्न छाडिदिने?’

कमजोर नियमावलीमा टुसालको तगारो
टुसालका अध्यक्ष विजय लामाअनुसार क्लबले दुई वर्षअघि २०७९ सालमा लिग खेल्न ठकुरीलाई अनुबन्ध गरेको थियो। खेलपाटीलाई प्राप्त पत्रमा पनि उनीसँग २०७९ माघ १० गते सम्झौता भएको कुरा प्रष्ट उल्लेख छ।

ठकुरीसँगको सम्झौतामा भनिएको छ,‘सम्झौता अवधि २०७९ सम्मका लागि रहनेछ। साथै आवश्यक भएका खण्डमा २०८० भित्र सञ्चालन हुने बी डिभिजनका अन्य खेलहरूमा पनि सहभागी हुनुपर्ने छ।’ 

तर, न २०७९ मा लिग भयो न २०८० मै। त्यसैले उक्त सम्झौता यही सकिनुपर्ने हो। र, सम्झौता पत्रअनुसार सकिसकेको पनि छ। अन्तर्राष्ट्रिय अभ्यासले पनि यही भन्छ। तर, क्लबले दुई वर्षभन्दा अघि गरेको सम्झौतालाई धार बनाएर अहिले ठकुरीको भविष्यलाई रेट्ने प्रयास एन्फासँगै दुई क्लब टुसाल र नयाँ बस्तीले गरेको छ। तर, यी तीन निकायले गरेको जिद्दी र तर्क ‘बी डिभिजन लिग फुटबल प्रतियोगिता नियमावली २०८१’ को कुनै परिच्छेदमा समेटिएको छ न कुनै नियम र उपनियममा।

नियमावलीको परिच्छेद २ को आयोजक, प्राविधिक तथा खेल सञ्चालनअन्तर्गत नियम सात (खेलाडी दर्ता)मा भनिएको छ,‘अखिल नेपाल फुटबल संघद्वारा जारी प्रतियोगिता नियमावलीको अधीनमा रही वर्ष २०७९/८० को ए डिभिजन लिग फुटबल प्रतियोगितामा सहभागी क्लबहरूबाट दर्ता भइसकेका खेलाडीहरू र वर्ष २०८०/८१ मा सञ्चालन भएको सी डिभिजन लिग फुटबल प्रतियोगितामा दर्ता भएका खेलाडीबाहेकका नेपाली नागरिकहरूले मात्र यस प्रतियोगितामा क्लब टिमहरूबाट (कम्तीमा १८ जना र बढीमा ४० जना दर्ता भई सहभागी हुन पाउनेछन्।’

नियमावलीमा खेलाडी दर्ता अवधि लिगको अवधिसम्म मात्र कायम रहने उल्लेख छ। तर, ‘बी’ डिभिजन लिग नभएमा या सम्झौता अवधि सकिएका खेलाडीको हकमा भने के हुन्छ भन्ने कुनै स्पष्ट छैन। 

त्रिभुवन आर्मी, थ्री स्टार, सातदोबाटो युथलगायत ‘ए’ डिभिजन लिग क्लबमा मुख्य प्रशिक्षक बनिसकेका र अहिले नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइजी टोली काठमाडौं रेजर्समा टेक्निकल डाइरेक्टर रहेका मेघराज केसी यस्तोमा सम्झौता लागु नहुने बताउँछन्।

उनी भन्छन्,‘फ्री खेलाडी हो। पेपरको भ्यालु सकिसक्यो। खेलाडीले अब जहाँबाट खेले पनि हुन्छ। डेट एक्सपाएर भएको पेपर देखाएर खेल्न रोक्नु त अन्न्याय भएन?’ तर, एन्फाको नियमावलीमा भएको छिद्रता खोजेका टुसालका अध्यक्ष लामाको तर्क छ– जसरी पनि ठकुरीलाई रोक्नु नै पर्छ।

टुसालले ठकुरीसँग गरेको सम्झौताको शर्त नम्बर आठमा पुनः कोभिड तथा अन्य देवी प्रकोपको कारणबाट खेलस्थगित भएमा त्यसपछि लिग सञ्चालन भएको अवस्थामा यही सम्झौतामा भएका कुरा नै लागु हुने उल्लेख छ। तर, लिग नभएको खण्डमा चाहिँ के हुन्छ यो सम्झौता भन्ने कतै उल्लेख नै छैन। तर, अध्यक्ष लामा भन्छन्, ‘बीच लिग भएन। तर, हामीले सम्झौता गरेअनुसार उनी हाम्रै नै हुनुपर्छ अरू कुरा थाहा छैन। बाँकी कुरा एन्फाले निर्णय गर्छ। म यसबारे केही भन्दिन।’

न फिफामा दर्ता न एन्फामा 
लामाका अनुसार २०७९ सालकै सम्झौतालाई ब्युँताइएर अहिले खेलाडीलाई मैदान उतारिएको हो। अझ कतिसम्म भने ठकुरीको सम्झौता २०७९ मा छ र उनीमाथि कारबाही गर्न ब्युँताइएको भनिएको नियमावली चाहिँ २०८१ बनेको देखिन्छ। तर, उनले जिद्दी कसेका ठकुरीको नाम जारी लिग खेल्न टुसालले एन्फामा दर्ता गरेको छैनन्।

न त ‘फिफा कनेक्ट’मै उनलाई दर्ता गराएको प्रमाण टुसालसँग छ। तर, सरस्वतीले पठाएको सूचीमा भने ठकुरी ‘फिफा कनेक्ट’ र एन्फा दुबैमा ठकुरीको नाम दर्ता छन्। दर्ता नभएको खेलाडी भने कुनै खेलमा मैदान उत्रिन नै पाउँदैनन्। अझ सरस्वतीले उनीसँग २०८१ माघ १० गते गरेको सम्झौता पनि एन्फालाई बुझाएको छ।

एन्फाले खेलाडी दर्ता गर्दा क्लब र खेलाडीबीचको सम्झौता अनिवार्य गरेको छ। यदि टुसाल र सरस्वती दुबैले एकै खेलाडी एन्फामा दर्ता गरेको भए किन सूचना दिइएन? सरस्वतीलाई किन टुसाल र एन्फाले त्यही बेला रोक्न आवश्यक ठानेन त ? प्रश्न यही छ। 

लामा यसको उत्तर दिन हिचकिचाउँछन्। यसरी क्लबले प्रतिशोध साँधेर एक खेलाडीलाई रोक्न मिल्छ त? भन्ने खेलपाटीको प्रश्नमा उनको उत्तर छ, ‘हामीले उजुरी गरेका होइनौं र रोकेका पनि होइनौं। एन्फाले रोकेको हो। हामीले निर्णय गर्ने होइन, एन्फाको अनुसन्धान समितिले खेलाउने या नखेलाउने निर्णय गर्ने हो।’

उनको यो एकोहोरो जिद्दी र राजनीतिको असर सरस्वती र ठकुरी संयममा प्रत्यक्ष परेको छ। बाँसबारी क्लबविरुद्धको २–१ र नयाँ बस्ती युथ क्लबविरुद्धको १–० को जित निकालेको सरस्वतीले टुसालसँग १–० र झापा फुटबल क्लबसँग २–० ले पराजय बेहोरेको छ।

तर, लगातार क्लबको प्रदर्शन खस्किरहँदा एन्फाका सिइओ इन्द्रमानलाई भने कुनै सहानुभूति नै देखाउँदैनन्। आफैं ‘ए’ डिभिजन लिग क्लब संकटा नै सञ्चालन गरिरहेका उनी खेलाडीको पक्ष र नियम कानुनमा उभिनुभन्दा पनि टुसाल र नयाँ बस्तीको पक्षमा देखिएका छन्। उनी जसरी पनि ठकुरीलाई लिग खेल्न रोक्ने मनस्थितिमा देखिन्छन्।

‘नयाँ सम्झौता त होइन, हामीले पुरानै सम्झौतामा टेकेर पत्र काटेका हौं। सम्झौताको मिति जहिलेसम्म होस् त्यो मतलबको कुरा भएन तर दुई क्लबसँग सम्झौता गर्नु भएन,’ उनले जिद्दी कसे।

तीन अंकको राजनीति !
नयाँ बस्तीका म्यानेजर विकास राई भने ठकुरीले खेल्न पाउनुपर्ने पक्षमा सकारात्मक देखिन्छन्। तर, सरस्वती क्लबले नयाँ बस्तीविरुद्ध निकालेको १–० को नतिजा भने उल्टिनुपर्ने उनको अडान छ। उक्त नतिजा उल्टिएर सरस्वतीको तीन अंक घटाइए र नयाँ बस्तीलाई उक्त अंक दिइयो भयो भने ठकुरीलाई जुनसुकै बेला क्लबले ‘रिलिज लेटर’ थमाउने राईको तर्क छ। 

‘हामीले त केही खोजेको होइनौं। हामीविरुद्ध खेलेको खेलाडीले गरेको नतिजा उल्टाए कुरा सल्टिहाल्छ। हुन त हामी टुसालको आधिकारिक व्यक्ति होइन। तर, यो कुरा मिले उनलाई त हामीले रिलिज दिइहाल्छ नि !,’ उनी भन्छन्।

प्रतियोगिताको नियमअनुसार २४ घण्टाभित्र ‘प्रोटेस’ हाल्न पाउने नियम छ। तर, दुई सातभन्दा बढी समय घर्किसके पनि एन्फाको अनुसन्धान समितिले यो कुरामा कुनै चासो दिएको छैन। ‘प्रोटेस’ सफल भए नयाँ बस्तीको माग पूरा हुन्छ। यदि यो कुराको छिनोफानो भएर नतिजा आफ्नो पक्षमा गरिदिए टुसालले उनलाई दिन बाँकी रकम पनि दिने राईको दाबी छ। 

‘यो एन्फाले पनि अलिक ढिला गर्‍यो। अहिलेसम्म निर्णय गर्न सक्दैन भने यस्तो पनि एन्फा हुन्छ त?,’ उनी भन्छन्,‘खेलाडी बिचरा खोलोस् भन्ने कुरा हो। तर, एन्फाले पनि निर्णय गरिदिनु पर्‍यो नि त !’ 

सरस्वतीले ठकुरीको निलम्बन फुकुवा गर्न र टुसालसँग भएको सक्रिय सम्झौताको प्रतिलिपि उपलब्ध गराउन पटक–पटक भेटर र इमेलबाट समेत एन्फालाई पत्र पठाएको छ। यस विवादलाई छिटो समाधानका लागि सरस्वतीले आवश्यक सबै प्रक्रिया पूरा गरेको पनि देखिन्छ। 

हुन त सरस्वती एन्फाको पहिलो टार्गेट पनि होइन। तर, संस्करण वीरेन्द्रनगरको आरसी ३२ फुटबल एकेडेमीमाथि पनि एन्फाले यस्तै राजनीति प्रतिशोध साँधेको थियो। कुनै बेला आफ्नै खेमाबाट एन्फा निर्वाचनमा उठेर कार्यसमितिमा पुगेका रवीन्द्र चन्द (रवीन) पूर्वअध्यक्ष तथा फुटबलको सर्वोच्च निकाय फिफाबाट भ्रष्ट्राचारी ठहर भएर १० वर्षको प्रतिबन्ध खेपिरहेका गणेश थापा र पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पातिर लाखेको भन्दै ठिक ठाउँमा ल्याउन अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईले सहिद स्मारक ‘सी’ डिभिजन लिग खेलिरहँदा २०८१ वैशाख २३ गते आरसी ३२ का सुमनबहादुर मगर तथा बबिन बोहरालाई खेल्न वञ्चित गरेको थियो।

खालीवारी युवा फुटबल क्लबले आरसी ३२ बाट खेलिरहेका जर्सी नम्बर ४ का खेलाडी सुमन ‘बी’ डिभिजनको झापा फुटबल क्लबमा दर्ता भएको भन्दै उजुरी गरेको थियो। उक्त उजुरीपश्चात् छानबिन गर्दा सुमनलाई वैशाख ४ गते रिलिज गरेको देखिएकाले कारबाही गरिएको एन्फाको जिकिर थियो। 

सम्बन्धित समाचार
  • आरसी ३२ का सुमन र बबिनसहित ३ खेलाडीलाई ‘सी’ डिभिजनमा प्रतिबन्ध

यस्तै, जर्सी नम्बर १६ का खेलाडी बबिन ‘बी’ डिभिजन क्लब श्री भगवतीमा दर्ता भएको भन्दै सामाजिक युवा क्लबले उजुरी गरेको थियो। उक्त उजुरीपश्चात् छानबिन गर्दा बबिन भगवतीमा दर्ता रहेको पाइएको  एन्फा अनुशासन समितिको दाबी थियो।

क्लबमा आबद्ध खेलाडीले खेल्नु पूर्व कम्तीमा ४८ घण्टा अगाडि दर्ता गर्नुपर्ने व्यवस्था रहेकोमा आरसी ३२ र बबिनले प्रतियोगिता नियमावलीविपरीत कार्य गरेको पुष्टि भएकोले कारबाही गरिएको एन्फाले जनाएको छ। तर, क्लबका मुख्य प्रशिक्षक गणेश खड्का भने त्यो बेला लिग डाइरेक्टर सञ्जीव मिश्रलाई सामाजिक सञ्जालमार्फत नै खेलाडी दर्ता गर्न पत्र पठाएको सम्झिन्छन्।

‘हामीले सञ्जीव दाइलाई पत्र पठाएका हौं। तर, उहाँ त्यो कुरा आएपछि हाम्रो सम्पर्कमै आउनु भएन। बारम्बार फोन कल गर्दासमेत रेस्पोन्स दिन जरुरी ठान्नुभएन,’ उनी भन्छन्।

लिग प्रतियोगिता नियमावली २०२४ को नियम २८ अनुसार यी दुईलाई अनुशासनको कारबाही गरी म्याच नम्बर २४ रद्द गरिएको एन्फाले जनाएको थियो। योसँगै उक्त खेलमा सामाजिक युवा क्लबलाई ३–० गोल अन्तरको नतिजा दिने निर्णय गरिएको थियो। 

सम्बन्धित समाचार
  • आरसी ३२ र स्वयम्भूको अंक एन्फाले खोस्यो

एन्फाले यी दुई खेलाडीलाई जनही १० हजार र लिगका बाँकी सबै खेलमा प्रतिबन्ध लगाएको थियो। तर, यी दुई खेलाडीबिनै आरसी ३२ लिगको शीर्ष दुईमा रहेर ‘बी’ डिभिजनमा उक्लिन सफल भयो।

‘हामीलाई लिगमा उक्लिनुथियो, उक्लियौं। त्यसैले यो कुरा पछि झिकेनौं। तर, अहिले यही कुराको नजिर देखाएर सरस्वतीमाथि रिसिबी साँधेको हुनुपर्छ,’ खड्का भन्छन्। अहिलेका सरस्वती क्लबका संरक्षक शिक्षित पराजुली कर्मा छिरिङ निकट हुन्।

उनी एन्फा चुनावमा वीरबहादुर खड्कासँग वरिष्ठ उपाध्यक्षमा पराजित भएका थिए। त्यसयता उनी एन्फाको संस्थापनइतरमा उभिएका थिए। उनले १० क्लब जम्मा गरेर एन्फाको क्यालेन्डर प्रभावित पार्न बारम्बार ‘बी’ डिभिजन लिग रोक्ने प्रयास गरिरहेका थिए। उनको गतिविधिलाई लिएर बारम्बार एन्फा कार्यसमितिको बैठकमा पनि कुरा उठ्दै आएको थियो। यो कुराको रिसिबी अहिले साँधेको उनी बताउँछन्।

‘त्यो बेला पनि हामीले क्लब बचाउन त्यो गरेका हौं। एन्फाले दिनुपर्ने बक्यौता दिएको थिएन। हामी लामो समय उधारोमा फुटबल खेल्दै आएका थियौं। हाम्रो लक्ष्य भनेको फुटबल नखल्ने थिएन। तर, वर्तमान नेतृत्वले गलत सम्झिएर त्यो बेला एन्फालाई पुगेको धक्काको बदला यो बेला हामीसँग लियो,’ पराजुली भन्छन्।

एन्फाका पदाधिकारीलाई १० मिनेटको समय निकाल्न पनि फुर्सद नै मिलेको छैन। अधिकांश पदाधिकारीलाई सातदोबाटोस्थित एन्फा हाउसमा भेटिँदैनन्।

अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राई, वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, प्रवक्ता सुरेश शाहलगायत केही पदाधिकारीलाई खोज्न एन्फा हाउसबाट ५.१ किलोमिटर पर रहेको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पुग्नुपर्छ।

यी पदाधिकारीलाई आफ्नै हाउसमा रहेको मैदानमा चलिरहेको लिगभन्दा व्यावसायिक घरानाको नेपाल सुपर लिग (एनएसएल) प्यारो छ। ६ बजेदेखि सुरु हुने लिगका लागि यी पदाधिकारी दिउँसो ३ नबज्दै रंगशालातिरै व्यस्त हुन्छन्।

यति जटिल विषयलाई यसरी हलुकामा लिँदै अन्देखा गर्नुले क्लब र खेलाडीविरुद्ध एन्फाले राजनीति गरिरहेको स्पष्ट हुन्छ। यो राजनीतिको तापमा भने ठकुरी अझै केही समय सेकिने निश्चितजस्तै देखिन्छ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

गोलमा हालान्डको ‘सेन्चुरी’

गोलमा हालान्डको ‘सेन्चुरी’

नेपाल दोस्रो मैत्रीपूर्ण खेलमा पनि पराजित

नेपाल दोस्रो मैत्रीपूर्ण खेलमा पनि पराजित

गल्ती सुधार्ने लक्ष्यमा नेपाल

गल्ती सुधार्ने लक्ष्यमा नेपाल

Bajaj Pulsar Motorcycle Ad
गोलमा हालान्डको ‘सेन्चुरी’

गोलमा हालान्डको ‘सेन्चुरी’

विराटनगर भर्सेस लुम्बिनी : क्यारेक्टर टेस्ट म्याच !

विराटनगर भर्सेस लुम्बिनी : क्यारेक्टर टेस्ट म्याच !

विश्व पावरलिफ्टिङमा नेपाललाई २६ स्वर्ण

विश्व पावरलिफ्टिङमा नेपाललाई २६ स्वर्ण

नेपाल दोस्रो मैत्रीपूर्ण खेलमा पनि पराजित

नेपाल दोस्रो मैत्रीपूर्ण खेलमा पनि पराजित

पोखराको दोस्रो जित, कर्णालीको लगातार चौथो हार

पोखराको दोस्रो जित, कर्णालीको लगातार चौथो हार

एनपीएल कि स्थानीय मेला?

एनपीएल कि स्थानीय मेला?

कुशलले हानेको बलले लागेर शर्मिला घाइते, बल्खुमा उपचार हुँदै

कुशलले हानेको बलले लागेर शर्मिला घाइते, बल्खुमा उपचार हुँदै

चितवनमाथि सानदार जित, जनकपुरको प्लेअफ यात्रालाई कायमै

चितवनमाथि सानदार जित, जनकपुरको प्लेअफ यात्रालाई कायमै