बिहिबार, १७ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

नेपाल एक खेलअगाबै सेमिफाइनलमा

आइतबार, २८ बैशाख २०८२मनोज थापा (हिमालयन मनोज)
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
Loading ad...
mustang rice ad

इटानगर (भारत)।  श्रीलंकाविरुद्ध सहज जित निकाल्दै नेपाल एक खेलअगाबै साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।

भारतको युपिस्थित गोल्डेन जुब्ली स्टेडियममा श्रीलंकाविरुद्ध नेपालले ५–० को जित निकालेको हो। नेपालको जितमा सुजन डंगोल, धर्वेन्द्र कुँवर, सुवास बम, विज्ञान खड्का र लछु थापाले गोल गरे।

जितसँगै समूह ‘बी’ मा रहेको नेपालले तीन अंक बटुल्यो। समान खेलबाट समान अंक रहे पनि भारत अंक तालिकामा शीर्ष स्थानमा रहेको छ।

नेपालको यो जितसँगै भारत पनि एक खेलअगाबै सेमिफाइनलमा प्रवेश गरेको छ। पहिलो खेलमा भारतले श्रीलंकामाथि ८–० को फराकिलो हार बेहोरेको थियो। योसँगै श्रीलंका जित, अंक र गोलविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।

अब मंगलबार हुने समूह चरणको अन्तिम खेलले शीर्ष स्थानमा रहने टोलीको टुंगो लगाउने छ। अर्को समूहबाट बंगलादेश सेमिफाइनलमा प्रवेश गरिसकेको छ। बंगलादेशले आइतबार नै सम्पन्न खेलमा भुटानलाई ३–० ले पाखा लगाएको थियो।

पहिलो हाफको चार मिनेटको अतिरिक्त समय सकिन केही सेकेन्ड बाँकी रहँदा सुजनले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका थिए। राम थापाले दिएको क्रस बललाई सुजनले नियन्त्रणमा लिए।

डिबक्सभित्र रहेको बेला लछुले श्रीलंकाका अन्तिम डिफेन्डरलाई ब्लक गर्दै सुजनका लागि गोल गर्ने अवसर मिलाइदिएका थिए। जसलाई उनले गुमाएनन्।

६२औं मिनेटमा नेपालले अग्रता दोब्बर बनायो। सुवास बमले उपलब्ध गराइदिएको क्रसलाई श्रीलंकाकी डिफेन्डर ओमिथ इदिरीसिंघेले क्लियर गर्ने प्रयास गरेका थिए। तर, उक्त बल धर्वेन्द्रलाई डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको हो।

७६औं मिनेटमा सुवास आफैंले गोल गरे। उनले डिबक्स भित्रबाट गोल गरेका हुन्। ८९औं मिनेटमा विज्ञानले चौथो गोल गरे। सुजनले उपलब्ध गराएको बललाई विज्ञानले सिक्स यार्ड बक्सनजिकबाट सहजै फिनिसिङ गरे।

इन्जुरी समयको तेस्रो मिनेटमा लछुले अर्को गोल थपे। अक्राम मोहमेदले लछुमाथि फउल गरेका थिए। प्राप्त फिककलाई करिब ३० यार्डबाट लछुले सिधै गोलमा परिणत गर्दै नेपाललाई ५–० को सहज जित दिलाए।

योसँगै नेपालले साफ यु–१९ मा श्रीलंकाविरुद्ध आफ्नो अपराजित यात्रा कायम राखेको छ। सन् २०२२ मा भएको साफ यु–२० च्याम्पियनसिपमा भएको पहिलो भेटमा नेपालले श्रीलंकालाई ३–० ले पराजित गरेको थियो। उक्त खेलमा आयुष घलान, कृतिशरत्न छुन्जु र मनांग्य नकर्मीले गोल गरेका थिए।

गत वर्ष घरेलु मैदानमै भएको प्रतियोगितामा पनि नेपालले श्रीलंकामाथि १–० को कठिन जित निकालेको थियो। उक्त जितमा नीरन्जन धामीले गरेको गोल नै निर्णायक बनेको थियो।

साफ यु–२० च्याम्पियनसिपकै नामबाट भएको उक्त प्रतियोगितामा नेपाल फाइनल पुग्दा श्रीलंका भने अंकविहीन हुँदै समूह चरणबाटै बाहिरिएको थियो। 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रियल फर्किन चाहँदैनन् मोरिन्हो

रियल फर्किन चाहँदैनन् मोरिन्हो

नेयमारको इच्छा– विश्वकपको फाइनल अर्जेन्टिना भर्सेस ब्राजिल

नेयमारको इच्छा– विश्वकपको फाइनल अर्जेन्टिना भर्सेस ब्राजिल

अन्तिम घरेलु च्याम्पियन्स लिग खेलमा चम्किएका ग्रिजम्यान

अन्तिम घरेलु च्याम्पियन्स लिग खेलमा चम्किएका ग्रिजम्यान

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
रियल फर्किन चाहँदैनन् मोरिन्हो

रियल फर्किन चाहँदैनन् मोरिन्हो

नेयमारको इच्छा– विश्वकपको फाइनल अर्जेन्टिना भर्सेस ब्राजिल

नेयमारको इच्छा– विश्वकपको फाइनल अर्जेन्टिना भर्सेस ब्राजिल

अन्तिम घरेलु च्याम्पियन्स लिग खेलमा चम्किएका ग्रिजम्यान

अन्तिम घरेलु च्याम्पियन्स लिग खेलमा चम्किएका ग्रिजम्यान

पहिलो लेगमै फाइनल पक्का गर्ने योजनामा आर्सनल

पहिलो लेगमै फाइनल पक्का गर्ने योजनामा आर्सनल

रेनुका र सरु किकस्टार्टमा अनुबन्ध

रेनुका र सरु किकस्टार्टमा अनुबन्ध

पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !

पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !

टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य