• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
मनोज थापा (हिमालयन मनोज)
१७ घण्टा अगाडि मनोज थापा (हिमालयन मनोज)
नेपाल एक खेलअगाबै सेमिफाइनलमा

इटानगर (भारत)।  श्रीलंकाविरुद्ध सहज जित निकाल्दै नेपाल एक खेलअगाबै साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।

भारतको युपिस्थित गोल्डेन जुब्ली स्टेडियममा श्रीलंकाविरुद्ध नेपालले ५–० को जित निकालेको हो। नेपालको जितमा सुजन डंगोल, धर्वेन्द्र कुँवर, सुवास बम, विज्ञान खड्का र लछु थापाले गोल गरे।

जितसँगै समूह ‘बी’ मा रहेको नेपालले तीन अंक बटुल्यो। समान खेलबाट समान अंक रहे पनि भारत अंक तालिकामा शीर्ष स्थानमा रहेको छ।

नेपालको यो जितसँगै भारत पनि एक खेलअगाबै सेमिफाइनलमा प्रवेश गरेको छ। पहिलो खेलमा भारतले श्रीलंकामाथि ८–० को फराकिलो हार बेहोरेको थियो। योसँगै श्रीलंका जित, अंक र गोलविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।

अब मंगलबार हुने समूह चरणको अन्तिम खेलले शीर्ष स्थानमा रहने टोलीको टुंगो लगाउने छ। अर्को समूहबाट बंगलादेश सेमिफाइनलमा प्रवेश गरिसकेको छ। बंगलादेशले आइतबार नै सम्पन्न खेलमा भुटानलाई ३–० ले पाखा लगाएको थियो।

पहिलो हाफको चार मिनेटको अतिरिक्त समय सकिन केही सेकेन्ड बाँकी रहँदा सुजनले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका थिए। राम थापाले दिएको क्रस बललाई सुजनले नियन्त्रणमा लिए।

डिबक्सभित्र रहेको बेला लछुले श्रीलंकाका अन्तिम डिफेन्डरलाई ब्लक गर्दै सुजनका लागि गोल गर्ने अवसर मिलाइदिएका थिए। जसलाई उनले गुमाएनन्।

६२औं मिनेटमा नेपालले अग्रता दोब्बर बनायो। सुवास बमले उपलब्ध गराइदिएको क्रसलाई श्रीलंकाकी डिफेन्डर ओमिथ इदिरीसिंघेले क्लियर गर्ने प्रयास गरेका थिए। तर, उक्त बल धर्वेन्द्रलाई डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको हो।

७६औं मिनेटमा सुवास आफैंले गोल गरे। उनले डिबक्स भित्रबाट गोल गरेका हुन्। ८९औं मिनेटमा विज्ञानले चौथो गोल गरे। सुजनले उपलब्ध गराएको बललाई विज्ञानले सिक्स यार्ड बक्सनजिकबाट सहजै फिनिसिङ गरे।

इन्जुरी समयको तेस्रो मिनेटमा लछुले अर्को गोल थपे। अक्राम मोहमेदले लछुमाथि फउल गरेका थिए। प्राप्त फिककलाई करिब ३० यार्डबाट लछुले सिधै गोलमा परिणत गर्दै नेपाललाई ५–० को सहज जित दिलाए।

योसँगै नेपालले साफ यु–१९ मा श्रीलंकाविरुद्ध आफ्नो अपराजित यात्रा कायम राखेको छ। सन् २०२२ मा भएको साफ यु–२० च्याम्पियनसिपमा भएको पहिलो भेटमा नेपालले श्रीलंकालाई ३–० ले पराजित गरेको थियो। उक्त खेलमा आयुष घलान, कृतिशरत्न छुन्जु र मनांग्य नकर्मीले गोल गरेका थिए।

गत वर्ष घरेलु मैदानमै भएको प्रतियोगितामा पनि नेपालले श्रीलंकामाथि १–० को कठिन जित निकालेको थियो। उक्त जितमा नीरन्जन धामीले गरेको गोल नै निर्णायक बनेको थियो।

साफ यु–२० च्याम्पियनसिपकै नामबाट भएको उक्त प्रतियोगितामा नेपाल फाइनल पुग्दा श्रीलंका भने अंकविहीन हुँदै समूह चरणबाटै बाहिरिएको थियो। 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
असाधारण यमल
असाधारण यमल
च्याम्पियन्स लिगमा स्थान बनाउन संघर्ष झनै चर्कियो
च्याम्पियन्स लिगमा स्थान बनाउन संघर्ष झनै चर्कियो
बार्सिलोनाले जित्यो  लगातार छैटौं पटक स्पेनिस महिला लिग
बार्सिलोनाले जित्यो लगातार छैटौं पटक स्पेनिस महिला लिग
१८ वर्षपछि वेस्ट ह्यामले युनाइटेडलाई हरायो
१८ वर्षपछि वेस्ट ह्यामले युनाइटेडलाई हरायो
नेपालको जितले भारत सेमिफाइनलमा
नेपालको जितले भारत सेमिफाइनलमा
एल क्लासिकोमा बार्सिलोनाको जित
एल क्लासिकोमा बार्सिलोनाको जित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
असाधारण यमल
असाधारण यमल
कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
च्याम्पियन्स लिगमा स्थान बनाउन संघर्ष झनै चर्कियो
च्याम्पियन्स लिगमा स्थान बनाउन संघर्ष झनै चर्कियो
बार्सिलोनाले जित्यो  लगातार छैटौं पटक स्पेनिस महिला लिग
बार्सिलोनाले जित्यो लगातार छैटौं पटक स्पेनिस महिला लिग
१८ वर्षपछि वेस्ट ह्यामले युनाइटेडलाई हरायो
१८ वर्षपछि वेस्ट ह्यामले युनाइटेडलाई हरायो
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP