• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
गल्फ
  • गृहपृष्ठ
  • गल्फ
सुबाशलाई उपाधि
खेलपाटी संवाददाता
बिहीबार, वैशाख ७, २०८० खेलपाटी संवाददाता
सुबाशलाई उपाधि

काठमाडौं । नेपाल नम्बर एक एमेच्योर गल्फर सुबाश तामाङले सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सातौं प्रतियोगिता सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको उपाधि जितेका छन्।

प्रो सञ्जय लामालाई चार स्ट्रोकले हराउँदै सुबाश लगातार दोस्रो पटक टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका हुन्। यो उनको करियरको चौंथो प्रोफेसनल उपाधि हो।

डिफेन्डिङ च्याम्पियन सुबाशले अन्तिम दिन ३-अन्डर ६९ को कार्ड बनाउँदै समग्रमा १३-अन्डर २ सय ७५ को स्कोर बनाए। १-अन्डर ७१ सहित समग्रमा ९-अन्डर २ सय ७९ को स्कोर मा सञ्जय प्रोफेसनलतर्फ पहिलो भए। समग्रमा भने उनी दोस्रो भए। उनले एक लाख चालिस हजार प्राप्त गरे।

समग्रमा ४-अन्डर २ सय ८४ को स्कोरमा नीरज तामाङ र जयराम श्रेष्ठले सम्युक्तरूपमा प्रोतर्फ दोस्रो स्थान बाँडे। नीरजले २-अन्डर ७० र जयरामले ६-अन्डर ६६ को उत्कृष्ट प्रदर्शन गरे। उनीहरूले जनही ७८ हजार ५ सय हात पारे। समग्रमा २-अन्डर २ सय ६८ को नतिजामा भुवन नगरकोटी र रमेश अधिकारीले संयुक्तरुपमा चौथो स्थानमा‌ प्रतियोगिता सकाए। रमेशले ४-अन्डर ६८ र भुवनले ३-ओभर ७५ मा अन्तिम दिनको खेल सकाए। दुवैजनाले जनही ५१ हजार प्राप्त गरे।

रबि खड्काले समग्रमा इभन-पार २ सय ८८ सहित छैटौं भएर ४० हजार ५ सय नगद पुरस्कार प्राप्त गरे। अन्तिम दिन उनले ६-ओभर ७८ को खराब प्रदर्शन गरे। कमल तामाङ र तोरण विक्रम शाहीले संयुक्तरुपमा सातौं स्थान बाँडे। तोरणले इभन-पार ७२ र कमलले ३-ओभर ७५ को स्कोरमा समग्रमा ४-ओभर २ सय ९२ को स्कोरमा‌ खेल सकाए। उनीहरूले ३५ हजार ५ सय प्राप्त गरे।

२-ओभर ७४ सहित समग्रमा ८-ओभर २ सय ९६ को स्कोरमा धरानका बलभद्र राई नवौं भए। उनले ३२ हजार हात पारे। समग्रमा १०-ओभर २ सय ९८ को स्कोर बनाउने क्रममा अन्तिम दिन ७-ओभर ७९ खेल्दै पोखराका प्रो भुबहादुर गुरूङ १०औं हुँदै ३० हजार प्राप्त गरे। 

प्रो र एमरच्योर दुवैतर्फको उपाधि सुबाशले जित्दा युवा गल्फर सदभाव आचार्य एमरच्योरतर्फ दोस्रो भए। ४-ओभर ७६ मा अन्तिम दिनको खेल सकाउँदा उनले समग्रमा इभन-पार २ सय ८८ को स्कोरमा प्रतियोगिता सकाए। समग्रमा ३-ओभर २ सय ९१ सहित टासी छिरिङ तेस्रो भए।

अन्तिम दिनको खेल सुरूवात गर्दा सुबाशसँग दुई स्ट्रोकको अग्रता थियो। फ्रन्ट नाइन ३-अन्डर ३३ मा पुरा गर्दा उनलाई कुनैपनि समय अन्य खेलाडीले चुनौती दिन सकेनन्। दोस्रो होलमा एक सट खेर फाले। तर त्यसपछि तेस्रो, पाँचौ, छैटौं र आठौं होलमा बर्डीको सफलता प्राप्त गरे। उनले ब्याक नाइन इभन-पार ३६ मा सकाए। ११औं, १२औं र १४औं होलमा तीन बर्डी प्रहार गर्दै एक समय ६ स्ट्रोकको अग्रता बनाइसकेका थिए। तर १५औं होलमा डबल बोगी खेपे भने १८औं होलमा एक सट खेर फाले।

सञ्जयले तेस्रो र चौथो होलमा बर्डी प्रहार गरेपनि सातौं होलमा एक सट खेर फाल्दै फ्रन्ट नाइन १-अन्डर ३५ मा टुङ्गाए। यसपछि ११औं र १४औं होलमा बर्डी प्रहार गरे। तर १०औं र १६औं होलमा एक-एक सट खेर फाल्दै ब्याक नाइन इभन-पार ३६ मा सकाए।

नीरजले फ्रन्ट नाइनमा २-ओभर ३८ खेल्ने क्रममा तेस्रो र चौथो होलमा बर्डी प्रहार गरे। तर यसपछि छैटौं र सातौं होलमा डबल बोगी खेपे। ब्याक नाइनमा उत्कृष्ट प्रदर्शन गर्दै १०औं र ११औं होलमा बर्डी प्रहार गर्दा ५-पारको १२औं होलमा इगलको सफलता हो। जयराम श्रेष्ठले फ्रन्ट नाइन र ब्याक नाइन दुवै ३-अन्डर ३३ मा पुरा गरे। तेस्रो, चौथो, नवौं र १२औं होलमा एक-एक सट बचाउँदा १५औं होलमा इगल प्रहार गरे।

कुल ८ लाख नगद पुरस्कार राशीको  ७२ होलको प्रतियोगितामा ३१ प्रोफेसनल र‌ ९ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिताका विजयी खेलाडीहरुलाई सुर्य नेपाल प्रालिका ब्रान्ड म्यानेजर विदुरराज अधिकारी, पिजीए नेपालका अध्यक्ष रबिन्द्रमान श्रेष्ठ र सिनियर महिला गल्फर गीता गुरूङले पुरस्कार वितरण गरे।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भुवन र नीरज क्वार्टरफाइनलमा
भुवन र नीरज क्वार्टरफाइनलमा
बाह्रखरी गल्फको उपाधि दोर्जेलाई
बाह्रखरी गल्फको उपाधि दोर्जेलाई
बाह्रखरी गल्फको विजेतालाई  ‘सुनको बल’
बाह्रखरी गल्फको विजेतालाई ‘सुनको बल’
सद्भाव, इधान्त र‌ अभानी शीर्ष स्थानमा
सद्भाव, इधान्त र‌ अभानी शीर्ष स्थानमा
सञ्जयको टिमलाई इस्टर्न ओपन प्रो–एमको उपाधि
सञ्जयको टिमलाई इस्टर्न ओपन प्रो–एमको उपाधि
निरजलाई उपाधि, शुक्रको रेकर्ड बराबरी गर्न सफल
निरजलाई उपाधि, शुक्रको रेकर्ड बराबरी गर्न सफल
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपालको जितले भारत सेमिफाइनलमा
नेपालको जितले भारत सेमिफाइनलमा
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
एल क्लासिकोमा बार्सिलोनाको जित
एल क्लासिकोमा बार्सिलोनाको जित
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP