बाह्रखरी गल्फको उपाधि दोर्जेलाई

काठमाडौं। दोर्जे होजाङस्टाङले ‘एनसेल बाह्रखरी गल्फ’को आठौं संस्करणको उपाधि जितेका छन्। बाह्रखरी मिडियाले वार्षिक रूपमा आयोजना गर्दै आएको प्रतियोगिताको विजेता बनेका दोर्जेले सुनको बल पुरस्कार जितेका हुन्।
काठमाडौंस्थित गोकर्ण गल्फ कोर्समा १८ होलको ‘स्टेबल फोर्ड’ पद्धतिमा खेलाइएको प्रतियोगिताका विजेता दोर्जेले ४४ अंक जोडेका थिए। उनले फ्रन्ट नाइटमा २५ अंक जोडेका थिए भने ब्याक नाइनमा १९ अंक जोडेको थिए।
यस्तै, बेस्ट ग्रसको उपाधि ३९ अंकसहित निश्चयजंग रायमाझीले जिते। नोर्बुछिरिङ शेर्पाले मोस्ट बर्डीको उपाधि जितेका छन्। नोर्बुले सात बर्डी प्रहार गरेका थिए।
पुरुषतर्फ राजेन्द्र श्रेष्ठले दोस्रो स्थान हासिल गरे। राजेन्द्रले ४३ अंक जोडेका थिए। प्रतियोगितामा भाइराजा पाण्डेले सिनियर (६० वर्षमाथि) तर्फको उपाधि जिते। उनले ३५ अंक जोडेर सिनियरतर्फको शीर्ष स्थान हासिल गरे।
महिलातर्फको उपाधि आरती राज्यलक्ष्मी रानाले जितिन्। उनले २३ अंक जोडेकी थिइन्। यस्तै, उपविजेता बनेकी आर्सिया बानुले २२ अंक जोडिन्।
क्लोजेस्ट टू द पिनको उपाधि पनि होजाङस्टाङले जिते। दोर्जेले ‘होल इन वन’ को पुरस्कारमा ‘बीवाईडी’को ‘अट्टो थ्री’ गाडी जित्न करिब दुई फिटले चुकेका थिए। लंगेस्ट ड्राइभको उपाधि अस्माङ कार्कीले जिते। उनले करिब २५८ यार्ड लामो ड्राइभ प्रहार गरेका थिए। प्रतियोगितामा महिला र पुरुषगरी कुल ९६ गल्फरले सहभागिता जनाएका थिए।






-1761584666208.jpeg&w=3840&q=75)




copy-1761474438174-1761833912550.avif&w=3840&q=75)




-1761808270369.png&w=3840&q=75)