बिहिबार, २९ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. गल्फ
Loading ad...
Bhat Bhateni Supermarket Ad

निरजलाई उपाधि, शुक्रको रेकर्ड बराबरी गर्न सफल

शुक्रबार, १२ पौष २०८१खेलपाटी संवाददाता
निरजलाई उपाधि, शुक्रको रेकर्ड बराबरी गर्न सफल
Loading ad...
mustang rice ad

काठमाडौं। धरानका प्रो निरज तामाङले कुलस्कोरको रेकर्ड बराबरी गर्दै सूर्य नेपाल गल्फ टुर २०२४-२५अन्तर्गत तेस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनकोउपाधि जितेका छन्। उनले धरानकै प्रो शुक्रबहादुर राईको रेकर्ड बराबरी गर्ने क्रममा १७-अन्डर १९३ को स्कोर सहित करियरको दोस्रो उपाधि जिते।

आज ५-अन्डर ६५ को उत्कृष्ट स्कोरमा निरजले विष्णु प्रसादशर्मालाई १० स्ट्रोकको फराकिलो अन्तरमा हराए। उपाधिसँगै निरजले १ लाख ५० हाजर प्राप्त गरे। उनले यहीप्रतियोगिताको पहिलो दिन शुक्रको नाममा रहेको७-अन्डरको कोर्स रेकर्ड पनि तोडेका थिए।

पार ७०को धरान गल्फ क्लबमा ७-अन्डर २०३ स्कोर सहितविष्णु दोस्रो भए। उनले आज २-अन्डर ६८ को कार्ड बनाए रनगद १ लाख आफ्नो नाममा लेखाए। धरानका बलभद्र राई  ३-अन्डर २०७ सहित तेस्रो हुँदै ७५ हजार जित्न सफल रहे।उनले आज १-ओभर ७१ स्कोर निकाले।

सात स्ट्रोकको अग्रता सहित अन्तिम १८ होलको खेलकोसुरूवात गरेका निरजले एकपक्षीय शैलीमा उपाधि जिते।सानदार सुरूवात गरेका उनले फ्रन्ट नाइनमा ५-अन्डर ३१खेले। पहिलोदेखि तेस्रो होलसम्म लगातार तीन बर्डी प्रहारगरेका निरजले बोगी फ्री फ्रन्ट नाइन खेल्ने क्रममा छैटौं रनवौं होलमा पनि एक-एक सट जोगाए।

फ्रन्ट नाइन सकिँदा निरजले शुक्रको रेकर्ड तोड्ने संकेतदे खाए। दशौं होलको डबल बोगी र एघारौं होलको बोगीलेत्यो सम्भावनालाई कमजोर बनायो। तर बार्हौं, तेर्हौं र सत्रौंहोलमा बर्डी खेल्दै उनले ब्याक नाइन इभन-पार ३४ मासकाए। नयाँ रेकर्ड कायम गर्नबाट थोरैले चुकेपनि निरजले५४-होलको विजयी स्कोर भने बराबरी गरे।

विष्णुले तेस्रो, पाँचौं, छैटौं र नवौं होलमा बर्डी प्रहार गर्दै फ्रन्टनाइन ४-अन्डर ३२ मा पुरा गरे। ब्याक नाइनमा पनि चार बर्डीप्रहार गरे तर दुई होलमा बोगी खेप्दै विष्णुले २-ओभर ३६खेले। उनले १३औ, १४औं, १६औं र १७औं होलमा एक-एकसट बचाए। १५औं र १८औं होलमा बोगी प्रहार गरे।

धरानका बलभद्रले फ्रन्ट नाइन इभन-पार ३६ मा सकाए।पहिलो र चौथो होलमा बोगी प्रहार गरेपनि छैटौं र नवौंहोलमा बर्डी प्रहार गरे। ब्याक नाइनमा १-ओभर ३५ खेले।उनले ११औं होलको बर्डी विरूद्ध १३औं र १६औं होलमाएक-एक सट खेर फाले।

भुवन नगरकोटी र रवि खड्का २-अन्डर २०८ सहित चौथोस्थानमा रहे। अन्तिम दिन भुवनले ४-अन्डर ६६ र रविले२-अन्डर ६८ खेले। उनीहरूले जनही ५५ हजार प्राप्त गरे।समग्रमा १-अन्डर २०९ को नतिजामा धन बहादुर थापा (७०) र भुवन कुमार रोक्का (७३) छैटौं हुँदै जनही ४४ हजार नगदपुरस्कार हात पारे। समग्रमा १-ओभर २११ स्कोर बनाएकारामे मगर (७१) आठौं भए। उनी ३८ हजार नगद पुरस्कारकोहकदार बने।

यसैगरी समग्रम ४-ओभर २१४ स्कोरमा टंकबहादुर कार्की रसञ्जय लामाले नबौं स्थानमा बाँडे। जनही ३३ हजार ५ सयनगद पुरस्कार पाएका टंकले २-ओभर ७२ र सञ्जयले४-अन्डर ६६ को स्कोर दर्ज गरे।

एमेच्योरतर्फ धरानका सुमन परियारले सुन्दर राईलाई दुईस्ट्रोकले हराउँदै उपाधि जिते। अन्तिम दिन १-अन्डर ६९सहित समग्रमा सुमनले १-अन्डर २०९ स्कोरमा प्रतियोगितासकाए। सुन्दरले १-ओभर २११ मा खेल पुरा गरे। उनले पनिआज १-अन्डर ६९ मा खेल सकाए।

प्रतियोगिताका विजयी खेलाडीहरूलाई सूर्य नेपाल प्रालिकाडेपुटी जनरल म्यानेजर केशव प्रधान र नेपाल गल्फ संघकाउपाध्यक्ष तिलक राईले पुरस्कार वितरण गरे। ५४ होलकोप्रतियोगितामा कुल ८ लाख ८२ हजार नगद पुरस्कार राशीरहेको थियो। तीन दिने प्रतियोगितामा २९ प्रोफेसनल २७एमेच्योर गरी कुल ५६ गल्फरको सहभागीता रहेको थियो।शनिबार प्रो-एम इभेन्ट हुनेछ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
१२ वर्षदेखि जितविहीन खडेरीमा नेपाल

१२ वर्षदेखि जितविहीन खडेरीमा नेपाल

नेपाल भर्सेस इटाली : जितविहीन दुई टोलीको भिडन्त !

नेपाल भर्सेस इटाली : जितविहीन दुई टोलीको भिडन्त !

वेस्ट इन्डिजको लगातार दोस्रो जित

वेस्ट इन्डिजको लगातार दोस्रो जित

दीपेन्द्रले इस्लामाबादबाट पीएसएल खेल्ने

दीपेन्द्रले इस्लामाबादबाट पीएसएल खेल्ने

एक्सट्रिमको लाइभ स्क्रिनिङमा दुर्गेशको कन्सर्ट

एक्सट्रिमको लाइभ स्क्रिनिङमा दुर्गेशको कन्सर्ट

रमितको मुम्बईमा शतकीय इनिङ्स

रमितको मुम्बईमा शतकीय इनिङ्स

सुपर ओभरमा दक्षिण अफ्रिकाको रोमाञ्चक जित

सुपर ओभरमा दक्षिण अफ्रिकाको रोमाञ्चक जित

फुटबलर दिपालाई मातृशोक

फुटबलर दिपालाई मातृशोक