• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
गल्फ
  • गृहपृष्ठ
  • गल्फ
निरजलाई उपाधि, शुक्रको रेकर्ड बराबरी गर्न सफल
खेलपाटी संवाददाता
शुक्रबार, पुस १२, २०८१ खेलपाटी संवाददाता
निरजलाई उपाधि, शुक्रको रेकर्ड बराबरी गर्न सफल

काठमाडौं। धरानका प्रो निरज तामाङले कुलस्कोरको रेकर्ड बराबरी गर्दै सूर्य नेपाल गल्फ टुर २०२४-२५अन्तर्गत तेस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनकोउपाधि जितेका छन्। उनले धरानकै प्रो शुक्रबहादुर राईको रेकर्ड बराबरी गर्ने क्रममा १७-अन्डर १९३ को स्कोर सहित करियरको दोस्रो उपाधि जिते।

आज ५-अन्डर ६५ को उत्कृष्ट स्कोरमा निरजले विष्णु प्रसादशर्मालाई १० स्ट्रोकको फराकिलो अन्तरमा हराए। उपाधिसँगै निरजले १ लाख ५० हाजर प्राप्त गरे। उनले यहीप्रतियोगिताको पहिलो दिन शुक्रको नाममा रहेको७-अन्डरको कोर्स रेकर्ड पनि तोडेका थिए।

पार ७०को धरान गल्फ क्लबमा ७-अन्डर २०३ स्कोर सहितविष्णु दोस्रो भए। उनले आज २-अन्डर ६८ को कार्ड बनाए रनगद १ लाख आफ्नो नाममा लेखाए। धरानका बलभद्र राई  ३-अन्डर २०७ सहित तेस्रो हुँदै ७५ हजार जित्न सफल रहे।उनले आज १-ओभर ७१ स्कोर निकाले।

सात स्ट्रोकको अग्रता सहित अन्तिम १८ होलको खेलकोसुरूवात गरेका निरजले एकपक्षीय शैलीमा उपाधि जिते।सानदार सुरूवात गरेका उनले फ्रन्ट नाइनमा ५-अन्डर ३१खेले। पहिलोदेखि तेस्रो होलसम्म लगातार तीन बर्डी प्रहारगरेका निरजले बोगी फ्री फ्रन्ट नाइन खेल्ने क्रममा छैटौं रनवौं होलमा पनि एक-एक सट जोगाए।

फ्रन्ट नाइन सकिँदा निरजले शुक्रको रेकर्ड तोड्ने संकेतदे खाए। दशौं होलको डबल बोगी र एघारौं होलको बोगीलेत्यो सम्भावनालाई कमजोर बनायो। तर बार्हौं, तेर्हौं र सत्रौंहोलमा बर्डी खेल्दै उनले ब्याक नाइन इभन-पार ३४ मासकाए। नयाँ रेकर्ड कायम गर्नबाट थोरैले चुकेपनि निरजले५४-होलको विजयी स्कोर भने बराबरी गरे।

विष्णुले तेस्रो, पाँचौं, छैटौं र नवौं होलमा बर्डी प्रहार गर्दै फ्रन्टनाइन ४-अन्डर ३२ मा पुरा गरे। ब्याक नाइनमा पनि चार बर्डीप्रहार गरे तर दुई होलमा बोगी खेप्दै विष्णुले २-ओभर ३६खेले। उनले १३औ, १४औं, १६औं र १७औं होलमा एक-एकसट बचाए। १५औं र १८औं होलमा बोगी प्रहार गरे।

धरानका बलभद्रले फ्रन्ट नाइन इभन-पार ३६ मा सकाए।पहिलो र चौथो होलमा बोगी प्रहार गरेपनि छैटौं र नवौंहोलमा बर्डी प्रहार गरे। ब्याक नाइनमा १-ओभर ३५ खेले।उनले ११औं होलको बर्डी विरूद्ध १३औं र १६औं होलमाएक-एक सट खेर फाले।

भुवन नगरकोटी र रवि खड्का २-अन्डर २०८ सहित चौथोस्थानमा रहे। अन्तिम दिन भुवनले ४-अन्डर ६६ र रविले२-अन्डर ६८ खेले। उनीहरूले जनही ५५ हजार प्राप्त गरे।समग्रमा १-अन्डर २०९ को नतिजामा धन बहादुर थापा (७०) र भुवन कुमार रोक्का (७३) छैटौं हुँदै जनही ४४ हजार नगदपुरस्कार हात पारे। समग्रमा १-ओभर २११ स्कोर बनाएकारामे मगर (७१) आठौं भए। उनी ३८ हजार नगद पुरस्कारकोहकदार बने।

यसैगरी समग्रम ४-ओभर २१४ स्कोरमा टंकबहादुर कार्की रसञ्जय लामाले नबौं स्थानमा बाँडे। जनही ३३ हजार ५ सयनगद पुरस्कार पाएका टंकले २-ओभर ७२ र सञ्जयले४-अन्डर ६६ को स्कोर दर्ज गरे।

एमेच्योरतर्फ धरानका सुमन परियारले सुन्दर राईलाई दुईस्ट्रोकले हराउँदै उपाधि जिते। अन्तिम दिन १-अन्डर ६९सहित समग्रमा सुमनले १-अन्डर २०९ स्कोरमा प्रतियोगितासकाए। सुन्दरले १-ओभर २११ मा खेल पुरा गरे। उनले पनिआज १-अन्डर ६९ मा खेल सकाए।

प्रतियोगिताका विजयी खेलाडीहरूलाई सूर्य नेपाल प्रालिकाडेपुटी जनरल म्यानेजर केशव प्रधान र नेपाल गल्फ संघकाउपाध्यक्ष तिलक राईले पुरस्कार वितरण गरे। ५४ होलकोप्रतियोगितामा कुल ८ लाख ८२ हजार नगद पुरस्कार राशीरहेको थियो। तीन दिने प्रतियोगितामा २९ प्रोफेसनल २७एमेच्योर गरी कुल ५६ गल्फरको सहभागीता रहेको थियो।शनिबार प्रो-एम इभेन्ट हुनेछ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि
नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिप मंगलबारदेखि
नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिप मंगलबारदेखि
कोर्स रेकर्डसहित शुक्रलाई उपाधि
कोर्स रेकर्डसहित शुक्रलाई उपाधि
भुवन र नीरज क्वार्टरफाइनलमा
भुवन र नीरज क्वार्टरफाइनलमा
बाह्रखरी गल्फको उपाधि दोर्जेलाई
बाह्रखरी गल्फको उपाधि दोर्जेलाई
बाह्रखरी गल्फको विजेतालाई  ‘सुनको बल’
बाह्रखरी गल्फको विजेतालाई ‘सुनको बल’
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
बलियो नेदरल्यान्ड्सलाई नेपालको चुनौती
बलियो नेदरल्यान्ड्सलाई नेपालको चुनौती
प्रभावशाली बायर्न
प्रभावशाली बायर्न
पिएसजीको सानदार सुरुआत
पिएसजीको सानदार सुरुआत
झन्डै दुई महिना पर सर्यो महिला लिग छनोट
झन्डै दुई महिना पर सर्यो महिला लिग छनोट
मेसीलाई छायामा पारेका उस्टारी !
मेसीलाई छायामा पारेका उस्टारी !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP