• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
गल्फ
  • गृहपृष्ठ
  • गल्फ
पहिलो दिन भुवनलाई अग्रता
खेलपाटी संवाददाता
बुधबार, फागुन १०, २०७९ खेलपाटी संवाददाता
पहिलो दिन भुवनलाई अग्रता

पोखरा । सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गतको चौंथो  प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपनको पहिलो दिन भुवन नगरकोटी २-अन्डर ६७ सहित अग्रता बनाएका छन्।

पोखरा स्थित ६९ पारको हिमालयन गल्फ कोर्समा जारी प्रतियोगितामा भुवनले सञ्जय लामा र एमेच्योर खेलाडी प्रज्वल गुरूङलाई तीन स्ट्रोकले पछि पारे। सञ्जय र प्रज्वल १-ओभर ७० स्कोर गर्दै संयुक्तरुपमा दोस्रो स्थानमा छन्। 

दल बहादुर लामा, रामे मगर र राष्ट्रिय टिमका सदस्य एमेच्योर खेलाडी सद्भाव आचार्यले २-ओभर ७१ सहित चौथो स्थान बाँडे। १३औं दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण विजेता एमेच्योर खेलाडी सुबाश तामाङ र प्रो धन बहादुर थापाले ३-ओभर ७२ को स्कोर कार्ड बनाए। दुवै खेलाडी संयुक्तरुपमा सातौं स्थानमा छन्। यसैगरी ४-ओभर ७३ स्कोरकासाथ नेपाल नम्बर एक शुक्र बहादुर राई, दिनेश प्रजापति, कमल तामाङ तथा एमेच्योर गल्फरहरू महेन्द्र फगामी र सुरेश तामाङ संयुक्तरुपमा नवौं स्थानमा छन्। 

नेपालकै कठिन मानिने हिमालयन गल्फ कोर्समा सहभागी ४५ खेलाडी मध्ये भुवनले मात्र अन्डर पारमा खेल सकाए।  पहिलो होलमा बोगीको सामना गरेपनि चौंथो र छैटौं होलको बर्डीले फ्रन्ट नाइन १-अन्डर ३३ मा सकाए। यसपछि १०औं, १३औं र १७औं होलमा एक-एक सट बचाए भने १३औं र १६औं होलमा बोगी खेपे। उनले ब्याक नाइन १-अन्डर ३४ मा पूरा गरे। यसरी उनले दिनकै उत्कृष्ट २-अन्डरको स्कोर कार्ड बनाए। 

सञ्जय लामाले दोस्रो होलको बोगीले फ्रन्ट नाइन १-ओभर ३५ मा सकाए। यसपछि १५औं होलमा बर्डी प्रहार गरेपनि १६ औं होलमा एक सट खेर फल्दै ब्याक नाइन इभन-पार ३५ मा पुरा गरे। प्रज्वल गुरूङले राम्रो सुरुवात गर्दै चौंथो, पाँचौ र सातौं होलमा बर्डीको सफलता प्राप्त गरे। आठौं होलमा बोगीको सामना गर्दा फ्रन्ट नाइन २-अन्डर ३२ को नतिजामा सकाए। ब्याक नाइनमा लय गुमाउँदा १२औं, १५औं, १६औं र १८औं होलमा चारवटा बोगी खेपे। १४औं होलको बर्डीले ब्याक नाइन ३-ओभर ३८ मा सकाए। 

पहिलो दिनको खेलमा ९० वा सो भन्दा माथि स्कोर गरेका तीन एमेच्योर खेलाडी विदुर तामाङ, प्रकाश गुरुङ र जितेन्द्र राई प्रतियोगिताबाट बाहिरिएका छन्। 

५४ होलको प्रतियोगितामा ३१ व्यवसायीक र १४ एमेच्योर गरी कुल ४५ खेलाडीहरूले प्रतिस्पर्धा गरिरहेका छन्। ३६ होलको खेल पश्चात उत्कृष्ट २१ प्रोफेसनल र कम्तीमा ६ एमेच्योरले अन्तिम १८ होलको लागि कट बनाउनेछन्।

 प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालको आयोजना र सूर्य नेपाल प्रा. लि.को प्रायोजनमा सञ्चालन भैरहरको प्रतियोगिताको विजेताले १ लाख ४० हजार, उपविजेताले ९० हजार र तेस्रो हुने खेलाडीले ६७ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

कुल आठ लाख नगद पुरस्कार रहेको प्रतियोगिताको शीर्ष २१ मा रहेने अन्य व्यवसायीक खेलाडीले पनि नगद पुरस्कार हात पार्नेछन्। शनिबार हुने प्रो-एमसँगै प्रतियोगिता सकिनेछ। 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भुवन र नीरज क्वार्टरफाइनलमा
भुवन र नीरज क्वार्टरफाइनलमा
बाह्रखरी गल्फको उपाधि दोर्जेलाई
बाह्रखरी गल्फको उपाधि दोर्जेलाई
बाह्रखरी गल्फको विजेतालाई  ‘सुनको बल’
बाह्रखरी गल्फको विजेतालाई ‘सुनको बल’
सद्भाव, इधान्त र‌ अभानी शीर्ष स्थानमा
सद्भाव, इधान्त र‌ अभानी शीर्ष स्थानमा
सञ्जयको टिमलाई इस्टर्न ओपन प्रो–एमको उपाधि
सञ्जयको टिमलाई इस्टर्न ओपन प्रो–एमको उपाधि
निरजलाई उपाधि, शुक्रको रेकर्ड बराबरी गर्न सफल
निरजलाई उपाधि, शुक्रको रेकर्ड बराबरी गर्न सफल
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपालको जितले भारत सेमिफाइनलमा
नेपालको जितले भारत सेमिफाइनलमा
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
एल क्लासिकोमा बार्सिलोनाको जित
एल क्लासिकोमा बार्सिलोनाको जित
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP