• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
गल्फ
  • गृहपृष्ठ
  • गल्फ
शुक्रलाई कोर्स रेकर्ड सहित उपाधि 
खेलपाटी संवाददाता
बिहीबार, पुस १४, २०७९ खेलपाटी संवाददाता
शुक्रलाई कोर्स रेकर्ड सहित उपाधि 

धरान । सुर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सुर्य नेपाल इस्टर्न ओपनको उपाधि नेपाल नम्बर एक शुक्र बहादुर राईले जितेका छन् ।

पार-७० को धरान गल्फ क्लबको कोर्समा बिहीबार १७-अन्डर १ सय ९३ को कोर्स रेकर्ड सहित शुक्रले उपाधि जित्न सफल भएका छन् । उनले बलभद्र राईले सन २०२० मा बनाएको ९-अन्डर २ सय १ को  रेकर्ड तोडे । नयाँ रेकर्ड बनाउने क्रममा उनले लगातार दोस्रो दिन बोगी रहित खेलेका थिए। 

अन्तिम दिन ७-अन्डर ६३ को उत्कृष्ट स्कोर कार्ड बनाउदै १७-अन्डर १ सय ९३ को नतिजामा धरानकै निरज तामाङलाई आठ स्ट्रोकले हराउदै उनले उपाधि माथि कब्जा जमाएका हुन् । उनले नगद १ लाख ४० हजार प्राप्त गरे। तेस्रो दिन ३-अन्डर ६७ मा खेल सकाउदै समग्रमा ९-अन्डर २ सय १ सहित निरजले दोस्रो स्थान प्राप्त गरे। उनले नब्बे हजार प्राप्त गरेका छन्। २-अन्डर ६८ मा अन्तिम दिनको खेल सकाएका भुवन नगरकोटीले समग्रमा ५-अन्डर २ सय ५ सहित तेस्रो स्थानमा‌ चित बुझाए। उनले ६७ हजार नगद पुरस्कार प्राप्त गरे। 

इभन-पार ७० को स्कोरमा समग्रमा ४-अन्डर २ सय ६ स्कोर सहित सञ्जय लामा चौथो भए। चौथो भएका सञ्जयले ५५ हजार हात पारे। १-अन्डरमा खेल सकाउदै कुल १-ओभर २ सय ११ सहित रामे मगरले पाँचौ हुदै ४७ हजार प्राप्त गरे। समग्रमा २-ओभर २ सय १२ को नतिजामा धन बहादुर थापा र जयराम श्रेष्ठले संयुक्तरुपमा छैटौ स्थानमा खेल सकाए। उनीहरूले ३८ हजार ७ सय ५० नगद पुरस्कार प्राप्त गरे।  आठौ भएका दिनेश प्रजापतिले अन्तिम दिन इभन-पार ७० खेल्दै समग्रमा ३-ओभर २ सय १३ मा खेल सकाए र ३४ हजार हात पारे। स्थानीय गल्फर बलभद्र राईले कुल ५-ओभर २ सय १५ सहित नवौ स्थानमा रहे। उनले ३२ हजार प्राप्त गरे। यसैगरी ७-ओभर २ सय १७ सहित सुर्य प्रसाद शर्मा दशौ भए। उनले अन्तिम दिन ४-ओभर ७४ मा खेल‌ सकाए।

एमेच्योरतर्फ २-ओभर ७२ मा अन्तिम दिनको खेल‌ सकाएका  राजकुमार राई समग्रमा इभन-पार २ सय १० स्कोर सहित उपाधि जित्न सफल भए। उनले युवराज भुजेललाई ३ स्ट्रोकले हराए। युवराजले अन्तिम दिन १-अन्डर ६९ सहित ३-ओभर २ सय १३ मा खेल पुरा गरे। कुल १०-ओभर २ सय २० अंक सहित सुन्दर राई तेस्रो भए। 

उत्कृष्ट फर्ममा रहेका शुक्र सँग अन्तिम १८ होलको खेल सुरू गर्दा चार स्ट्रोकको अग्रता थियो। अन्तिम दिन दबाब बिना खेलेका उनले फ्रन्ट नाइन ३-अन्डर ३३ मा र ब्याक नाइन ४-अन्डर ३० मा सकाए। उनले तेस्रो, सातौ र नवौ होलमा बर्डी प्रहार गरे। उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिदै ब्याक नाइनमा चार सट बचाए। १०औं, १५औं,१६औं र १८ औं होलमा बर्डीको सफलता प्राप्त गरे। 

निरजले पहिलो होलमा बोगी खेपे पनि तेस्रो, पाँचौ, छैटौ र नवौ होलमा एक एक सट बचाउदै फ्रन्ट नाइन ३-अन्डर ३३‌ मा पुरा गरे। यसपछि १५औं र १८औं होलमा बोगीको सामना गरे भने ११औं र १५औं होलमा बर्डी प्रहार गर्दै ब्याक नाइन इभन-पार ३४ मा पुरा गरे। 

भुवनले फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाउने क्रममा पहिलो होलमा बोगी खेपे पनि पाँचौ होलमा इगल र छैटौ होलमा  बर्डीको सफलता प्राप्त गरे। यसपछि १०औं र १२औं होलमा बोगी प्रहार गरे भने १५औं र १६ औं होलमा एक एक सट बचाएर ब्याक नाइन इभन-पार ३४ मा सकाए। 

विजयी खेलाडीहरुलाई सुर्य नेपाल प्राईभेट लिमिटेडका ब्रान्ड म्यानेजर विदुर राज अधिकारी, रिजनल म्यानेजर दामोदर शर्मा, धरान गल्फ संघका सचिव भरत तामाङ र कार्यकारी सदस्य जगमोहन राईले पुरस्कार वितरण गरे। 

नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनको आयोजना र सुर्य नेपाल प्राईभेट लिमिटेडको प्रायोजनमा जारी ५४ होलको प्रतियोगितामा २९ प्रोफेसनल र  ११ एमेच्योर खेलाडीले सहभागिता रहेको थियो। प्रतियोगितामा कुल आठ लाख  पुरस्कार राशी रहेको थियो। जहाँ उत्कृष्ट २१ भित्र पर्न सफल प्रोफेसनल खेलाडीले नगद पुरस्कार प्राप्त गरे।‌ प्रतियोगिता अन्तर्गत शुक्रवार प्रो-एम खेल हुनेछ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भुवन र नीरज क्वार्टरफाइनलमा
भुवन र नीरज क्वार्टरफाइनलमा
बाह्रखरी गल्फको उपाधि दोर्जेलाई
बाह्रखरी गल्फको उपाधि दोर्जेलाई
बाह्रखरी गल्फको विजेतालाई  ‘सुनको बल’
बाह्रखरी गल्फको विजेतालाई ‘सुनको बल’
सद्भाव, इधान्त र‌ अभानी शीर्ष स्थानमा
सद्भाव, इधान्त र‌ अभानी शीर्ष स्थानमा
सञ्जयको टिमलाई इस्टर्न ओपन प्रो–एमको उपाधि
सञ्जयको टिमलाई इस्टर्न ओपन प्रो–एमको उपाधि
निरजलाई उपाधि, शुक्रको रेकर्ड बराबरी गर्न सफल
निरजलाई उपाधि, शुक्रको रेकर्ड बराबरी गर्न सफल
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपालको जितले भारत सेमिफाइनलमा
नेपालको जितले भारत सेमिफाइनलमा
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
एल क्लासिकोमा बार्सिलोनाको जित
एल क्लासिकोमा बार्सिलोनाको जित
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP