उपाधितर्फ बार्सिलोना
राफिन्हा र फेर्मिन लोपेजको गोलले बार्सिलोनालाई रेलिगेट भइसकेको भालाडोलिडविरुद्ध हारबाट जोगाउँदै ला लिगा उपाधितर्फको यात्रालाई कायम राख्न सहयोग पुर्याएको छ।
राफिन्हा र फेर्मिन लोपेजको गोलले बार्सिलोनालाई रेलिगेट भइसकेको भालाडोलिडविरुद्ध हारबाट जोगाउँदै ला लिगा उपाधितर्फको यात्रालाई कायम राख्न सहयोग पुर्याएको छ।
साम्बाले अभान्ट ग्वेन्ग्याम्पको जर्सीमा यस सिजन तीन गोल गरेकी थिइन्। त्यसमा पेरिस सेन्ट–जर्मेन (पिएसजी) विरुद्ध दुई गोल पनि समावेश थियो। तर, उनको उक्त गोलले क्लबलाई शीर्ष डिभिजनमा टिकाइराख्न सकेन।
आयोजक गोदावरी नगरपालिकाले दोस्रो उपत्यकाव्यापी अन्तरपालिका गोदावरी मेयर कप फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ।
दोस्रो पथरीशनिश्चरे खेलकुद महोत्सव २०८२ अन्तर्गतको फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नाजिरिन एफसीले टाइब्रेकरमा न्यु स्टार फुटबल क्लबलाई ४-२ ले पराजित गर्दै विजयी सुरुआत गरेको छ।
केभिन डि ब्रुएनाले गोल गर्दै म्यानचेस्टर सिटीलाई वुल्भरह्याम्पटन वान्डरर्सविरुद्ध १–० को महत्त्वपूर्ण तर कठिन जित दिलाएका छन्। यस जितसँगै सिटी प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ।
ब्वाइज युनियन क्लब रोमाञ्चक जितसहित सहिद स्मारक ‘बी’ डिभिजन लिगमा तेस्रो स्थानमा उक्लिएको छ।
श्री भगवती क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा शीर्ष स्थानमा रहेको प्लानिङ ब्वाइज युनाइटेडसँग अंक दूरी एकमा झारेको छ।
बायर्न म्युनिखका अनुभवी खेलाडी थोमस मुलरले यस शनिबार आरबी लाइपजिगविरुद्धको खेलमा जित निकाल्न सके, आफ्नो १३औं बुन्डेसलिगा उपाधि जित्नेछन्। क्लबसँग २५ सिजन लामो यात्रा पूरा गर्दैगर्दा यो सम्भवतः उनको अन्तिम सिजन हुनसक्छ।
आर्सनलसँग च्याम्पियन्स लिगमा र बार्सिलोनासँग कोपा डेल रेमा लज्जास्पद हार बेहोरेपछि रियल मड्रिडसँग अब एक मात्र लक्ष्य बाँकी छ– ला लिगा उपाधि जोगाउनु।
बार्सिलोनाका डिफेन्डर जुलेस काउन्डे घाइते भएका छन्। च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा इन्टर मिलानविरुद्ध खेल्दा उनले बायाँ खुट्टाको ‘ह्याम्स्ट्रिङ’ चोट बोकेका हुन्। योसँगै उनी अर्को साता हुने दोस्रो लेगमा नखेल्ने सम्भावना उच्च देखिन्छ।
दबावमा रहेका टोटनह्यामका प्रशिक्षक एन्जे पोस्टेकोग्लुले आफूले दोस्रो सिजनमा सधैं उपाधि जित्ने दाबीलाई अझै पूरा गर्न सक्ने संकेत देखाएका छन्।
म्यानचेस्टर युनाइटेड युरोपा लिगको सेमिफाइनल पहिलो लेगमा जित निकाल्न सफल रह्यो। युनाइटेडले यस सिजनकै सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो लेगमा बलियो अग्रता बनाएको छ।