काठमाडौं। केभिन डि ब्रुएनाले गोल गर्दै म्यानचेस्टर सिटीलाई वुल्भरह्याम्पटन वान्डरर्सविरुद्ध १–० को महत्त्वपूर्ण तर कठिन जित दिलाएका छन्। यस जितसँगै सिटी प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ।
ब्रुएनाने सिजनको अन्त्यपछि सिटी छोड्दैछन्। तर, उनले शुक्रबार राति इतिहाद स्टेडियममा फेरि एक यादगार क्षण सृजना गरे। खेलको पहिलो हाफ सकिन १० मिनेट बाँकी रहँदा जर्मी डोकुको पासमा उनले सहज रूपमा बल पोस्टमा पठाए।
वुल्भ्सले पछिल्ला ६ प्रिमियर लिग खेल जितेर इतिहादको भ्रमण गरेको थियो। तर, यसपटक कमजोर फिनिसिङले नतिजा सिटीको पक्षमा गयो।
२१औं मिनेटमा जीन–रिक्नर बेलगार्डले सिधा शट हान्न सक्ने अवस्थामा पास दिए। तर, मार्शल मुनेत्सी त्यसमा पुग्न सकेनन्। त्यसपछि रायान आइत–नौरीको प्रहार पोस्टमा ठोक्कियो। रिबाउन्ड बल जोस्को ग्भार्डिओलले लाइनबाट क्लियर गरे।
दोस्रो हाफमा पनि माटेउस कुन्हाको प्रहार पोस्टमा लाग्दै वुल्भ्सको प्रयास व्यर्थ गयो।