काठमाडौं। नेपाली राष्ट्रिय महिला टोलीकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ सम्मिलित अभान्ट ग्वेन्ग्याम्प डिभिजन वान फेमिनाइनमा रेलिगेसनमा परेको छ।
साम्बा २०८० माघमा फ्रान्सको शीर्ष डिभिजन लिग क्लब अभान्ट ग्वेन्ग्याम्प मा अनुबन्ध भएकी थिइन्। दुई सिजन खेल्दा उनको क्लब अघिल्लो संस्करण २२ खेलबाट १६ अंक जोड्दै १२ टिम सम्मिलित लिगमा १०औं स्थानमा रहेर रेलिगेसनबाट जोगिएको थियो।
यसपल्ट भने अभान्ट ग्वेन्ग्याम्प तीन खेलअगाबै रेलिगेसनमा परेको हो। अभान्ट ग्वेन्ग्याम्पले लिगमा एक खेल खेल्न बाँकी छ। तर, अभान्ट ग्वेन्ग्याम्प ६ अंकसहित पुछारमा छ। अभान्ट ग्वेन्ग्याम्प भन्दा अगाडि १४ अंकसहित आरसी स्ट्राबर्ग रहेको छ।
साम्बाले अभान्ट ग्वेन्ग्याम्पको जर्सीमा यस सिजन तीन गोल गरेकी थिइन्। त्यसमा पेरिस सेन्ट–जर्मेन (पिएसजी) विरुद्ध दुई गोल पनि समावेश थियो। तर, उनको उक्त गोलले क्लबलाई शीर्ष डिभिजनमा टिकाइराख्न सकेन।
अब अभान्ट ग्वेन्ग्याम्पले लिगको अन्तिम खेल सेन्ट–एटिएन फेमिनिन्ससँग आगामी बुधबार खेल्नेछ।