काठमाडौं । यू–१९ साफ च्याम्पियनसिपको उपाधिका लागि भारत र पाकिस्तान शनिबार भिड्दैछन् ।
शुक्रबार आयोजित प्रि–म्याच कन्फरेन्समा दुवै टिमका कप्तानले फाइनलका लागि आफ्नो टोली तयार रहेको बताए ।
दुवै टोलीका कप्तान तथा प्रशिक्षकले फाइनलमा उत्कृष्ट खेल प्रर्दशन गर्दै उपाधि जित्ने दाबी गरे ।
पाकिस्तान पहिलो पटक उमेर समुहको प्रतियोगितामा फाइनल पुगेको हो ।
दुवै टिमले सडनडेथको साहारामा नतिजा निकाल्दै उपाधि भिडन्त पक्का गरेका हुन् ।
पाकिस्तानले भुटान र भारतले सेमिफाइनलमा आयोजक नेपाललाई हराउँदै फाइनल प्रवेश गरेका थिए ।
काठमाडौंको दशरथ रंगशालामा झण्डै साता अघि सुरु प्रतियोगिता शनिबारनै समापन हुनेछ ।