राजेन्द्रलाई महिला टोलीको मुख्य प्रशिक्षकमा निरन्तरता
बिहिबार, बैशाख २५, २०८२खेलपाटी संवाददाता
-1739018575.jpg&w=3840&q=75)
काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) राजेन्द्र तामाङलाई नै राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकमा निरन्तरता दिएको छ।
एन्फाका महासचिव किरण राईले उनलाई बिहीबार नियुक्ति पत्र हस्तान्तरण गरेका हुन्।
योसँगै उनले थाइल्यान्डविरूद्वको मैत्रीपूर्ण खेल र एएफसी महिला एसियन कप अस्ट्रेलिया २०२६ छनोटमा नेपाली टोली सम्हाल्ने छन्।
सहायक प्रशिक्षक भगवती थापा र गोलकिपिङ प्रशिक्षक सुरजकुमार लामा पनि यथावत रहने छन्।






-1763309767672.webp&w=3840&q=75)






