काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले अहिले घरेलु टोली म्यानमारविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ ।
यानगोनस्थित थुवुन्ना स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा म्यानमारले २-० गोलको अग्रता बनाएको छ ।
खेलको २३ औं मिनेटमा जिन मोई पाएले गोल गर्दै म्यानमारलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ४५ औं मिनेटमा यिन लुनले गोल गर्दै म्यानमारलाई २-० को अग्रता दिलाएका छन् ।
छनोटको दोस्रो चरणमा नेपाल समूह 'बी' मा रहेको छ । नेपालको समूहमा चीन, म्यानमार र चाईनिज ताइपे रहेका छन् ।
नेपालले दोस्रो खेलमा बिहीबार चीनको सामना गर्नेछ । त्यस्तै नेपालले अन्तिम खेलमा शनिबार चाईनिज ताइपेसँग खेल्नेछ।
प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोटबाट नेपाल दोस्रो चरणमा पुगेको हो । समूह 'बी' मा रहेको नेपाल समूह विजेता बन्दै दोस्रो चरणमा पुगेको हो ।