पथरी। एकतर्फी जित निकाल्दै देवीगञ्ज एफसीले दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सवअन्तर्गत फुटबल प्रतियोगितामा फाइनलमा स्थान बनाएको छ।
शनिबार भएको अन्तिम सेमिफाइनलमा देवीगञ्जले सुनौलो कल्याण एफसीलाई ५–० ले पराजित गरेको हो। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर, दोस्रो हाफमा देवीगञ्जले आक्रमक खेल प्रस्तुत गर्यो।
देवीगञ्जका मिक्सन दासले ह्याट्रिक पूरा गरे। उनले ४७औं, ५३औं र ६८औं मिनेटमा गोल गरे। त्यसपछि सन्तोष न्यौपानेले ६६औं मिनेटमा र छसाङ गुरुङले इन्जुरी समयमा गोल थपे।
देवीगञ्जका मिक्सन दास म्यान अफ द म्याच घोषित भए।