काठमाडौं । म्यानचेस्टर सिटीका स्ट्राइकर एर्लिङ हालान्डले क्लबलाई ऐतिहासिक 'ट्रेबल' उपाधि जिताउनका लागि आफूले सक्ने सबै कुरा गर्ने बताएका छन् ।
सिटीले यस सिजन प्रिमियर लिगको उपाधि जितिसकेको छ । यस्तै सिटी एफए कप र यूईएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।
सिटीले शनिबार राति एफए कपको फाइनलमा म्यानचेस्टर युनाइटेडको सामना गर्दैछ । सिटीले जुन १० मा हुने च्याम्पियन्स लिगको फाइनलमा इन्टर मिलानको सामना गर्दैछ ।
अब सिटीले एफए कप र च्याम्पियन्स लिगको उपाधि जितेमा 'ट्रेबल' उपाधि जित्नेछ ।
'यो इतिहास बनाउनु अविश्सनीय हुनेछ,' २२ वर्षीय हालान्डले भनेका छन्, 'म यसलाई पूरा गर्न कोसिस गर्न सक्दो प्रयास गर्नेछु । यो मेरो सबैभन्दा ठूलो सपना हो र आशा छ कि सपनाहरू साकार हुनेछन् ।'
यदि एफए कप र च्याम्पियन्स लिग जितेका सिटी 'ट्रेबल' उपाधि दिलाउने दोस्रो टोली बन्नेछ ।
यस अघि म्यानचेस्टर युनाईटेडले १९९९ मा ट्रेबल उपाधि जितेको थियो ।