काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलका खेलहरु अवैध रूपमा लाईभ स्ट्रिम गर्ने पाँच जनालाई ३० वर्ष बढी जेल सजाय सुनाईएको छ ।
बेलायतको चेस्टरफिल्ड अदालतले मंगलबार अवैध रूपमा लाईभ स्ट्रिम गर्ने पाँच जनालाई ३० वर्ष बढी जेल सजाय सुनाईएको हो ।
प्रिमियर लिगले पाइरेसी र प्रिमियर लिग खेलहरूको अवैध स्ट्रिमिङलाई रोक्न ऐतिहासिक निजी अभियोग ल्याएपछि पाँच जनालाई कुल ३० वर्षभन्दा बढी जेल सजाय सुनाईएको हो ।
३० देखि ४६ वर्ष उमेरका उनीहरुले बेलायतको सबैभन्दा ठूलो अवैध स्ट्रिमिङ सेवाहरू सञ्चालन गरेका थिए । उनीहरुले अवैध स्ट्रिमिङ बेचेर ५० हजार बढी ग्राहकबाट ७ मिलियन पाउण्ड बढी कमाएका थिए ।
गिरोहका मुख्य व्यक्ति ३६ वर्षीय मार्क गोल्डलाई ११ वर्षको जेल सजाय सुनाईएको छ ।
अन्य चार सदस्यलाई तीनदेखि पाँच वर्षभन्दा बढी कैद सजाय सुनाईएको छ ।