• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
पहिलो चरणमा थ्री स्टार बलियो  
खेलपाटी संवाददाता
सोमबार, मंसिर ६, २०७८ खेलपाटी संवाददाता
पहिलो चरणमा थ्री स्टार बलियो  

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग २०७८ अन्तर्गत पहिलो चरणको खेलहरु सकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार मछिन्द्र फुटबल क्लब र न्युरोड टिम (एनआरटी) बीचको खेलसँगै पहिलो चरणको खेल सकिएको हो ।

गत शुक्रबार सुरु लिगको पहिलो चरणको ७ खेल सकिदा चार टोलीले स्पस्ट जित निकाल्दै ३ अंक जोडेको छ । ६ टोलीले एक अंक जोड्दा चार टोलीले पछिलो चरणमा अंक जोड्न सकेनन् ।

पहिलो चरण सकिदा थ्री स्टार ३ अंकसहित शीर्ष स्थानमा रहेको छ । पहिलो खेलमा छिमेकी प्रतिद्वन्दी च्यासल युथ क्लबलाई ३-० ले हराएको थ्री स्टारले अंक तालिकाको शीर्ष स्थान हासिल गरेको हो ।

पहिलो खेलको सानदार जितले थ्री स्टारको उपाधि दाबेदारिता देखिएको छ । यस जितले टिमको मनोबल उच्च बनेको छ ।

'यो जितले केहि सजिलो भएको छ। अझै राम्रो गर्दै जान हौसला मिलेको छ । आगामी खेलमा अझ मेहेनत गर्छौ,' थ्री स्टारमा प्रशिक्षक उर्जन श्रेष्ठ भन्छन् ।

May be an image of 3 people, people playing sports, people standing and outdoors

ब्रिगेड ब्वाइज ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । पहिलो खेलमा ब्रिगेडले एपीएफ क्लबलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

ब्रिगेड र एपीएफबीचको खेल पहिलो चरणमा सर्वाधिक धेरै गोल निस्किएको खेल बन्यो ।

पहिलो खेलमै जित निकालेपछि ब्रिगेडका सनोज श्रेष्ठ खुशी देखिए । उनले पहिलो खेल महत्वपूर्ण रहेको र जितले टिमलाई ठूलो राहत पुगेको बताए ।

एनआरटीविरुद्धको जितसँगै उपाधि दाबेदार मछिन्द्र पहिलो चरण सकिदा तेस्रो स्थानमा रह्यो ।  जितपछि मछिन्द्रका मुख्य प्रशिक्षक  प्रवेश कटवालले खुशी प्रकट गरे ।  

'एनआरटीसँग नेपालमा भएका राम्रो अफ्रिकन स्ट्राइकर थिए । त्यसले गर्दा हामीलाई पहिलो खेलमा गार्हो हुन्थ्यो । त्यहिँ पनि हामीले ३ अंक  पायौं  ।  त्यसैमा खुशी छु ,' प्रवेशले भने ।

उपाधि दाबेदार मनाङ मर्स्याङ्दी ३ अंक जोडेर चौंथो स्थानमा रहेको छ । 

कीर्तिमानी आठ पटकको च्याम्पियन मनाङले पहिलो खेलमा जावलाखेल युथ क्लबमाथि १-० को साँघुरो जित निकालेको थियो ।

जावलाखेलविरुद्धको साँघुरो जितले मुख्य प्रशिक्षक राजेन्द्र तामाङ खासै खुशी देखिएनन् ।

'हामीले जुन खेल खेल्नु पर्ने थियो । अट्याकीङमा जुन पोजिसन राख्नु पर्ने थियो त्यो ठाउमा राख्न सकिएन । पछि पोजिसन राखेपछि गोल  निस्कियो,' उनको प्रतिक्रिया थियो ।

पहिलो चरणको अन्तिम खेलमा मछिन्द्र फुटबल क्लबले एनआरटीलाई २-१ गोल अन्तरले हरायो । यस जितसँगै साविक विजेता मछिन्द्रले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोड्यो ।

May be an image of 7 people and grass

यस्तै तालिकाको पाँचौं स्थानमा हिमालयन शेर्पा रहेको छ  । १ अंक जोडेको शेर्पाले पहिलो खेलमा संकटा क्लबसँग १-१ गोलको बराबरी खेलेको थियो  ।  संकटा १ अंक जोडेर आठौं स्थानमा रहेको छ  ।  

तालिकाको छैटौं स्थानमा त्रिभुवन आर्मी क्लब रहेको छ  ।  विभागीय डर्बीमा नेपाल पुलिस क्लबसँग १-१ गोलको बराबरी खेलेको आर्मीले १ अंक जोडेको छ  ।  पुलिस १ अंक जोडेर सातौं स्थानमा रहेको छ  ।  

यस्तै नवप्रवेशी क्लब सातदोबाटो युथ क्लब १ अंक जोडेर दशौँ स्थानमा रहेको छ  ।  सातदोबाटोले पहिलो खेलमा फ्रेन्ड्स क्लब कुपन्डोलसँग १-१ गोलको बराबरी खेलेको थियो  ।   फ्रेन्ड्स नवौं स्थानमा रहेको छ  ।  

त्यस्तै अंक विहीन एपीएफ ११ औं, एनआरटी १२ औं, जवालाखेल १३ औं र च्यासल युथ क्लब पुछारमा रहेका छन् ।

दोस्रो चरणको खेलहरु शुक्रबारबाट सुरु हुनेछ । दोस्रो चरणको पहिलो खेलमा लिग लिडर थ्री स्टारले सातदोबाटो युथसँग प्रतिस्पर्धा गर्नेछ  ।  त्यहिँ दिन संकटा क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

अंक तालिका : 

  

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एन्फाको आगामी वर्षको बजेट एक अर्ब ५६ करोड
एन्फाको आगामी वर्षको बजेट एक अर्ब ५६ करोड
इतिहास बनाउने तरखरमा चेल्सी
इतिहास बनाउने तरखरमा चेल्सी
युरोपा लिगको उपाधिनजिक युनाइटेड र टोटनह्यम
युरोपा लिगको उपाधिनजिक युनाइटेड र टोटनह्यम
विगतको गल्ती नदोहर्‍याउने लक्ष्यमा नेपाल
विगतको गल्ती नदोहर्‍याउने लक्ष्यमा नेपाल
प्लानिङ र भगवतीले अंक बाँडे
प्लानिङ र भगवतीले अंक बाँडे
राजेन्द्रलाई महिला टोलीको मुख्य प्रशिक्षकमा निरन्तरता
राजेन्द्रलाई महिला टोलीको मुख्य प्रशिक्षकमा निरन्तरता
umbro nepal
  • ताजा समाचार
  • खेल आज
एक साता मात्रै रोकिने भयो आइपिएल
एक साता मात्रै रोकिने भयो आइपिएल
एन्फाको आगामी वर्षको बजेट एक अर्ब ५६ करोड
एन्फाको आगामी वर्षको बजेट एक अर्ब ५६ करोड
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP