काठमाडौं । प्रदेश नम्बर एकमा हुने मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिता आईतबारबाट सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फा र प्रदेश नम्बर १ को संयुक्त आयोजनामा सञ्चालन हुन लागेको प्रतियोगिता असार १६ गते सुरु हुन लागेको हो ।
नेपालमा पहिलो पटक हुन लागेको प्रदेश लिगमा १४ क्लबले सहभागीता जनाउनेछन् ।
एन्फाले सहभागी टिमलाई ३ समूहमा विभाजन गरेको छ । समुह कमा मोरङ्ग, खोटाङ्ग, उदयपुर, सोलुखुम्बु र ओखलढुङ्गा रहेका छन् । समुह कका सबै खेल उदयपुरको थरुहट रंगशालामा हुनेछ ।
समूह ख मा रहेका तेह्रथुम, धनकुटा, भोजपुर, संखुवासभा र सुनसरीका खेल धरान रंगशालामा हुनेछ ।
समूह गमा झापा, इलाम, पाचथर र ताप्लेजुङ्ग रहेका छन् । समुह गका सबै खेल ईलामको ठुलो टुडिखेलमा हुनेछ ।
समूह क, ख र गका विजेता र उपविजेता टिमलाई पुन दुई समूहमा विभाजन गरिनेछ । दुबै समूहका विजेताले उपाधिका लागि खेल्नेछन् ।
फाइनल चरणका खेल भने विराटनगरको सहिद रंगशालामा हुनेछ ।
प्रदेश लिग सञ्चालन गर्न एन्फाले ३३ लाख र प्रदेश एक सरकारले १ करोड विनियोजन गरेको छ । एन्फाले उपलब्ध गराएकाे ३३ लाख रुपैयाँ जिल्ला लिगमा खर्च हुने एन्फा प्रवक्ता किरण राइले बताए । एन्फाले प्रतियोगितामा सहभागी हुने १४ टिमलाई तयारी खर्च स्वरुप ७ लाख उपलब्ध गराउनेछ ।
प्रतियोगिताको विजेताले ५ लाख, उपविजेताले ३ लाख र तेस्रोबाट छैटौ सम्म हुने जिल्लाको टोलीले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले १ लाख रुपैयाँ प्राप्त गर्नेछ । विधागततर्फका उत्कृष्ट खेलाडीले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
प्रदेश सरकारको आर्थिक सहयोग रहने प्रदेश लिगको सञ्चालन भने एन्फाले गर्नेछ । यसअघिनै प्रदेश सरकार र एन्फाबीच प्रतियोगिता आयोजना गर्ने बिषयमा औपचारिक समझदारी बनेको थियो ।
प्रत्येक प्रदेशमा मुख्य मन्त्रीको नाममा प्रदेश लिग सञ्चालन गर्ने एन्फाको योजना छ ।
एन्फाले प्रदेश लिगलाई नेपाली फुटबलको नयाँ प्रयोगको रुपमा ब्याख्या गरेको छ । प्रदेश एकमा सञ्चालन हुने लिगले मोफसलका क्लब र खेलाडीले व्यवसायीक बनाउने एन्फाको अपेक्षा छ ।
प्रतियाेगिताकाे तालिका निम्न प्रकारकाे रहेकाे छ :



