एजेन्सी । फ्रान्सेली स्टार पाउल पोग्बाले ईटालियन क्लब युभेन्ट्स जाने ईच्छा ब्यक्त गरेका छन् । पछिल्लो समय स्पेनिस क्लब रियल मड्रिडसंग जोडिएका पोग्बाले पुर्व क्लब युभेन्ट्स जाने ईच्छा देखाएका हुन् ।
प्रिमियर लिग क्लब म्यानचेष्टर युनाईटेडका मिडफिल्डरलाई स्पेनिस महारथी क्लब रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले निकै ईच्छा देखाएका छन् । तर रियल मड्रिड पोग्बाका लागि १ सय ५० मिलियन पाउण्ड खर्च गर्न अनिच्छुक देखिएको छ ।
स्पेनिस सञ्चार माध्यमले बताए अनुसार, पोग्बा युभेन्ट्सका सुपर स्टार रोनाल्डोसंग खेल्न चाहन्छन् । सोही कारण उनी पुर्व क्लब फर्कने ईच्छा ब्यक्त गरिरहेका छन् ।
रियलका फर्किएका जिदानले नयाँ खेलाडी खरिदमा करिब ३ सय ४४ मिलियन पाउण्ड खर्च गरिसकेका छन् ।
मुख्य गरि रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेज युनाईटेडका पोग्बालाई सो रकम खर्च गर्न अनिच्छुक देखिएका छन् ।
२६ बर्षका विश्वकप विजेता पछिल्लो समय युभेन्ट्ससंग नजिक छन् । उनले नयाँ प्रशिक्षक माउरिजियो सर्रीसंग छलफल समेत गरिसकेका छन् ।