काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ति मगर रहेको टिसी स्पोर्टस क्लबले माल्दिभ्सको धिवेही प्रिमियर लिगमा दोस्रो जित निकालेको छ ।
मंगलबार भएको खेलमा टीसीले युनाईटेड भिक्टोरीलाई २-० गोल अन्तरले पराजित गर्यो । टीसीको जितमा इस्माइल इसाले दुवै गोल गरे ।
युनाईटेडविरुद्धको जितमा विमल पहिलो रोजाईमा रहेर मैदानमा बिताएका थिए ।
जितसंगै टीसीले ३ खेलबाट ७ अंक जोडेको छ । टीसी लिगको दोस्रो स्थानमा रहेको छ ।