काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका राजधानीमा जारी उप–मेयर कप अन्तर नगरपालिका महिला फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
हलचोकस्थित शसस्त्र प्रहरी बल एपीएफको मैदानमा मंगलबार भएको पहिलो सेमिफाइनलमा वालिङ नगरपालिकालाई ३–० गोल अन्तरले पराजित गर्दै बाह्रबिसे उपाधि नजिक पुगेको हो ।
बाह्रबिसेको जितमा पार्वती घलेले २ गोल गरिन् । यस्तै रजनी श्रेष्ठले एक गोल गरिन् ।
अब बाह्रबिसेले उपाधिका लागि चौदण्डी गढी र विराटनगर महानगरपालिकाबीचको विजेतासंग खेल्नेछ । फाइनल खेल बिहिबार हुनेछ ।
अखिल नेपाल फुटबल संघ एन्फाको महिला समितिले आयोजना गरेको प्रतियोगिताको विजेताले ५ लाख पाउने छ भने उपविजेताले ३ लाख पाउनेछ ।
यस्तै फेयर प्ले टिमले ५० हजार र सर्वोकृष्ट खेलाडीले २५ हजार र विधागततर्फ उत्कृष्ट हुनेले समान १०/१० हजार पाउने छन् ।