एजेन्सी । कोपा अमेरिका फुटबलको क्वाटरफाईनल समिकरण पुरा भएको छ । समूह चरणको खेल सकिएसंगै प्रतियोगिताको अन्तिम ८ को समिकरण पुरा भएको हो ।
क्वाटफाईनलमा ब्राजिल र पाराग्वे तथा भेनेजुएला र अर्जेन्टिना भिड्नेछन् । त्यस्तै कोलम्बिया र चिली तथा उरुग्वे र पेरुबीच प्रतिस्पर्धा हुनेछ ।
पाराग्वेलाई ब्राजिल र भेनेजुएलालाई अर्जेन्टिनाले जितेको खण्डमा सेमिफाईनलमा दुई टोली भिड्ने समिकरण तय भएको हो ।
ब्राजिल समूह एको विजेताको रुपमा क्वाटरफाईनल प्रवेश गरेको हो । भेनेजुएला उपविजेताको रुपमा अन्तिम ८ मा पुगेको हो ।
यता अर्जेन्टिना भने समूह बीको उपविजेताको रुपमा अन्तिम ८ मा प्रवेश गर्यो । सो समूहबाट तीनै खेलमा जित निकाल्दै कोलम्बिया शीर्ष स्थानमा रहदै क्वाटरफाईनल प्रवेश गरेको हो ।
ब्राजिलले समूह चरणमा बोलिभियालाई ३–० ले हराएको थियो । त्यस्तै भेनेजुएलासंग गोल रहित बराबरी खेलेको ब्राजिलले लिग चरणको अन्तिम खेलमा पेरुलाई ५–० ले पाखा लगाएको थियो ।
यता, अर्जेन्टिना लिग चरणको पहिलो खेलमा कोलम्बियासंग २–० ले स्तब्ध बनेको थियो । दोस्रो खेलमा पाराग्वेसंग १–१ गोलको बराबरी खेलेको अर्जेन्टिनाले अन्तिम खेलमा कतारलाई २–० ले हराएको थियो ।