एजेन्सी । कोलम्बियाका स्टार जेम्स रोड्रिग्वेजले भविष्यलाई लिएर अनिश्चय ब्यक्त गरेका छन् । उनले आगामी सिजन कुन क्लबबाट खेल्ने भन्ने बिषयमा आफुलाई थाहा नभएको उल्लेख गरेका हुन् । रियल मड्रिडका मिडफिल्डर पछिल्लो समय ईटालियन क्लब नापोलीसंग जोडिएका छन् ।
सिरि ए क्लब नापोली जेम्सलाई लिन चाहन्छ । जर्मन क्लब बार्यन म्युनिखले स्थायी रुपमा राख्न नमानेपछि उनी स्पेन फर्किएका छन् । उनले दुई सिजन लोनमा बार्यनमा बिताएका थिए ।
उनले जर्मनीको लिगमा ६७ पटक खेलेका थिए । जसमा १५ गोल गरेका थिए । उनले दुई बुन्डेशलिगाको उपाधि र एक ट्रफी जित्न सफल भएका थिए ।
जेम्सको रियलमा देखिने सम्भावना निकै कम छ । जिदानले नयाँ सिजनका लागि स्टार खेलाडीको भिड लगाएका छन् । ईडेन हजार्ड, लुका जोभिक फिरल्याण्ड मेन्डी र रोड्रिगो नयाँ खेलाडीको रुपमा रियल आएका छन् ।
उनी सन् २०१४ मा रियल आएका थिए । ब्राजिलमा भएको विश्वकपबाट उदाएका उनलाई कीर्तिमानी मुल्यमा रियलले क्लबमा ल्याएको थियो ।
उनले रियलबाट १ सय ११ खेलमा ३६ गोल गरेका थिए । उनले रियलमा दुई च्याम्पियन्स लिग र सात ट्रफी जितेका थिए ।
कोपा अमेरिका खेल्न ब्राजिलमा रहेको जेम्सले भने, यदी बेला मैले कोपा अमेरिकाको बिषयमा मात्र सोचिरहेको छु ।
'मलाई अझै थाहा छैन म कहाँ जानेछु भनेर । सबै बिषय क्लबको निर्णयमा निर्भर रहनेछ ।' जेम्सले भने ।
'त्यहाँ किनै शक्तिशाली ब्यक्तीहरु छन् । म धेरै गर्न सक्दिन । मैले जिदानसंग समेत छलफल गरेको छैन ।' उनले भनेका छन् ।
कोलम्बियाको स्टार पछिल्लो समय ईटालियन क्लब नापोलीसंग जोडिएका छन् । जेम्ससंग रियल मड्रिड र बार्यन म्युनिखसंग काम गरेका कार्लो एन्सेलोटीले नापोली हेरिरहेका छन् ।
जेम्स सम्मिलित कोलम्बिया कोपा अमेरिकामा समूह चरणका तीन खेलमा जित निकाल्दै अघिल्लो चरण प्रवेश गरेको छ ।