एजेन्सी । स्विडेन महिला विश्वकप फुटबलको क्वाटरफाईनलमा प्रवेश गरेको छ । क्यानडालाई १–० गोल अन्तरले पराजित गर्दै स्विडेन प्रतियोगिताको अन्तिम ८ मा प्रवेश गरेको हो ।
स्टिना ब्ल्याकस्टोनियसले खेलको ५५ औ मिनेटमा गरेको गोल टोलीको जितमा निर्णायक बन्यो । त्यहीनै स्विडेनले गरेको पहिलो गतिलो आक्रमण थियो ।
क्यानडाले पेनाल्टीमार्फत गोल फर्काउने अवसर नपाएको भने होईन ।
तर लेने बेकीको पेनाल्टी प्रहारलाई स्विडेनकी गोलकिपर हेडविग लिन्डहलले उत्कृष्ट ढङ्गले बचाउ गरेकी थिईन् ।
स्विडेनले कमै मात्रामा क्यानडाविरुद्व गोलको अवसर सिर्जना गरेको थियो ।
अब स्विडेनले सेमिफाईनल प्रवेशका लागि जर्मनीसंग खेल्नेछ ।