एजेन्सी । साविकको विजेता संयुक्त राज्य अमेरिका फ्रान्समा जारी फिफा महिला विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको अन्तिम १६ को खेलमा स्पेनलाई २-१ गोल अन्तरले पराजित गर्दै अमेरिका क्वाटरफाइनल पुगेको हो ।
अमेरिकालाई जित दिलाउन मेगान रापिनोएले दुई गोल गरिन् । मेगानले दुवै गोल पेनाल्टीबाट गरेकी थिईन् । स्पेनकि जेनिफर हेर्मोसोले एक गोल फर्काइन ।
अब क्वाटरफाइनलमा अमेरिकाले आयोजक फ्रान्ससँग खेल्नेछ । स्पेन भने प्रतियोगिताबाट बाहिरिएको थियो ।
फ्रान्सले ब्राजिललाई हराएर क्वाटरफाइनल यात्रा तय गरेको हो ।