काठमाडौं । उदयपुरको चौदण्डी गढी नगरपालिका अपराजित रहदै राजधानीमा जारी उप–मेयर कप अन्तर नगरपालिका महिला फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
हलचोकस्थित शसस्त्र प्रहरी बल एपीएफको मैदानमा सोमबार कावासोती नगरपालिकालाई २–० गोल अन्तरले पराजित गर्दै चौदण्डी अपराजित रहदै अन्तिम चारमा पुगेको हो । चौदण्डीको जितमा अनुष्का शेर्पाले दुई गोल गरिन् ।
जितसंगै समूह 'बी' को चौदण्डीले ४ खेलबाट १२ अंक जोड्यो । कावासोती २ अंक जोडेर घर फर्कियो ।
चौदण्डी र कावासोतीको खेलसंगै प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ ।
अब मंगलबार हुने पहिलो सेमिफाइनलमा वालिङ नगरपालिका र बाह्रविशे नगरपालिकाबीच खेल हुनेछ । यस्तै दोस्रो सेमिफाइनलमा चौदण्डी गढीले विराटनगर महानगरपालिकाको सामना गर्नेछ ।
प्रतियोगिताको विजेताले ५ लाख पाउने छ भने उपविजेताले ३ लाख पाउनेछ ।
यस्तै फेयर प्ले टिमले ५० हजार र सर्वोकृष्ट खेलाडीले २५ हजार र विधागततर्फ उत्कृष्ट हुनेले समान १०/१० हजार पाउने छन् ।