एजेन्सी । इन्ग्लिश क्लब न्युकासल युनाईटेडका मुख्य प्रशिक्षक राफायल बेनिटेजले क्लब छाडेका छन् ।
न्युकासलले सोमबार प्रेस विज्ञप्ति निकाल्दै प्रशिक्षक बेनिटेजले क्लब छाडेको जानकारी गराएको छ ।
५९ वर्षे प्रशिक्षक बेनिटेजको क्लबसँगको सम्झौता यहिँ जुन अन्तिमबाट सकिदैछ । बेनिटेजको नेतृत्वमा न्युकासल यस सिजन इन्ग्लिश प्रिमियर लिगमा १३ औं स्थानमा रहेको थियो ।
रियल मड्रिड र लिभरपुलका पूर्व प्रशिक्षक बेनिटेजले सन् २०१६ बाट न्युकासल सम्हालेका थिए ।