एजेन्सी । सेनेगलले इजिप्टमा जारि अफ्रिका कप अफ नेसन्स फुटबलमा विजयी सुरुवात गरेको छ ।
आइतबार राति भएको समूह चरणको पहिलो खेलमा तान्जिनियालाई २-० गोल अन्तरले पराजित गर्दै सेनेगलले सुखद सुरुवात गरेको हो ।
सेनेगलको जितमा केइटा बाल्डे र क्रिपिन डिएटाले एक एक गोल गरे ।
जितसंगै समूह 'सी' को सेनेगलले पहिलो खेलमा ३ अंक जोडेको छ । सेनेगल समूहको दोस्रो स्थानमा छ । तान्जिनियाले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
यसै समूहको अर्को खेलमा अल्जेरियाले केन्यालाई २- ० ले नै पराजित गरेको छ । अल्जेरिया समूहको शीर्ष स्थानमा छ ।
अफ्रिका कप अफ नेसन्स अन्तर्गत समूह 'डी' को खेलमा मोरक्कोले नामिबियालाई १-० ले हराएको छ ।