एजेन्सी । कोलम्बियाले कोपा अमेरिका फुटबलमा शतप्रतिशत जित निकालेको छ । समुह बीकाे अन्तिम खेलमा कोलम्बियाले पाराग्वेलाई १–० गोल अन्तरले हराएको हो ।
कार्लोस क्विरोजले ३१ औ मिनेटमा गरेको गोल कोलम्बियालाई जित निकाल्न पर्याप्त बन्यो । दोस्रो हाफमा कोलम्बियाले गरेको गोललाई रेफ्रीले मान्यता दिएनन् । डिबक्सभित्र कोलम्बिया लुइस डियाजको हातमा बलले लागेको भन्दै रेफ्रीले गोल दिन अस्विकार गरे ।
समुह बीमा कोलम्बिया शतप्रतिशत जित निकाल्दै ९ अंक सहित समुह विजेताको रुपमा क्वाटरफाईनल प्रवेश गर्यो । उपविजेता अर्जेन्टिनाले ४ अंक जोड्यो । पाराग्वेको मात्र २ अंक रह्यो । उसले तेस्रो स्थानमा रहने उत्कृष्ट दुई टोलीको रुपमा नकआउट चरण पुग्ने सम्भावना बाँकीनै छ । कतार एक अंक बटुल्दै प्रतियोगिताबाट बिदा भयो ।
सन् २००१ को कोपा अमेरिका विजेता कोलम्बियाले पहिलो खेलमा अर्जेन्टिनालाई २–० ले हराएको थियो । त्यस्तै दोस्रो खेमला कतारलाई १–० ले हराएको थियो । समुह सीको खेलमा जापान र इक्वेडरले बराबरी खेलेको अवस्थामा उत्कृष्ट दुई टोलीको रुपमा अघिल्लो चरण पुग्ने पाराग्वेको सम्भावना रहेको छ ।