एजेन्सी । लण्डन क्लब चेल्सीका पुर्व फरवार्ड स्यामुयल इटोले लिभरपुलका ईजिप्टियन स्टार मोहमद सलाहा बार्सिलोना जान आवश्यक रहेको बताएका छन् ।
सन् २०१७ मा लिभरपुलमा आएका सलाहा करियरकै उत्कृष्ट फर्ममा छन् । उनले ७४ खेलमा ५४ गोल गरेका छन् ।
उनी पछिल्लो समय स्पेनिस महारथी रियल मड्रिडसंग जोडिएका छन् । तर बार्सिलोनामा पाँच बर्ष बिताएका ईटोले भने, 'उनी बार्सिलोनामा धेरै फिट हुन सक्छन् ।'
'रियलले मलाई अफ्रिका छाड्ने अवसर दिएको थियो । तर मलाई बार्सिलोनाले खेल्ने शैली थाहा छ । मलाई लाग्छ, त्यही शैली उनलाई समेत सुहाउछ ।' उनले थपे ।
रियलले युवा खेलाडीको रुपमा इटोलाई क्लबमा ल्याएको थियो । उनी रियलको जर्सीमा खेलेका पनि थिए ।
'यदी उनी विश्वकै उत्कृष्ट मध्यको एक लिगमा खेल्ने अवसर पाउँछन् भने, स्पेन एक गन्तव्य हुन सक्छ । उनी बार्सिलोनासंग जोडिन आवश्यक छ ।' उनले भने ।
'विश्वको सर्वोकृष्ट खेलाडी बन्न सलाहासंग सबै चिज छ ।' ईटोले भनेका छन् ।