एजेन्सी । ब्राजिलियन डिफेन्डर डानी अल्भेसले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेका छन् ।
घरेलु मैदानमा जारी कोपा अमेरिका अन्तर्गत पेरुविरुद्धको खेलपछि कप्तान तथा डिफेन्डर अल्भेसले क्लब छाडेको घोषणा गरेका छन् ।
'मेरो जीवनको अर्को यात्रा समाप्त भएको छ । जितको यात्रा, सिकाई र अनुभवहरू मध्येको एक,' अल्भेसले सामाजिक संजाल इन्स्टाग्राममा लेखेका छन्, 'क्लबको इतिहासको पानामा रहने मौका दिएकोमा पीएसजी परिवारलाई धन्यवाद दिन चाहन्छु ।'
कोपा अन्तर्गत आइतबार राति पेरुविरुद्धको खेलमा ब्राजिलले ५-० को जित निकालेको थियो । उक्त खेलमा अल्भेसले पनि एक गोल गरेका थिए । र, ब्राजिल समूह विजेता बन्दै क्वाटरफाइनलमा पुगेको छ ।
पीएसजी छाडेपनि ३६ बर्षिय अल्भेसले नयाँ क्लबबारे केहि बताएका छैनन् ।